२६ बैशाख २०८१, बुधबार

जनयुद्धकालीन एकताबद्ध अब नेपाली विशेषताको समाजवादका लागि आवश्यक छ : माइला सी

0

नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा जनवादी कलाकार माइला सीले जनयुद्धका अधुरा सपना पूरा गर्न एकताबद्ध जनयुद्धकालीन जस्तो युनिफाइट पार्टी आवश्यक भएको बताएका छन् । काठमाडौं एक नम्बर जिल्लाद्वारा २९औं महान जनयुद्ध दिवसको अवसरमा काठमाडौँको कपुरधारामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता माइला सीले यस्तो बताएका हुन् ।

जनयुद्ध र ६२/६३ सालकाे जनआन्दोलनमा सिगों देश एकताबद्ध भएर केन्द्रीकृत रुपमा लागेकाे स्मरण गर्दै फेरि देशमा अब नेपाली विशेषताको समाजवादी नारामा सिगौं देशलाई एकताबद्ध गर्नु पर्ने आवश्यकता रहेको बताए ।

केही मान्छेहरु देशलाई निराशामा धकेल्न सुनियोजित रुपले निरासा बाड्दै हिडेकाे भन्दै आफ्नाे अगाडि समाजवादको सुन्दर भविष्य रहेको र आशावादी भएर देशको जिम्म लिनुपर्ने बेला आएको धारणा राखे । जनयुद्धमा परिवर्तनको निम्ति आफ्नो ज्यानको आहुति दिन तयार भएर लागेको आफुहरु घाइते भएर बाचिरहेको तर अझै मुक्ति र परिवर्तनको सपना नमरेको र सपना पूरा गर्न लागि परेको बताए ।

बेपत्ता योद्दाहरुप्रति विशेष स्मरण तथा सम्मान गर्दै महान शहिदहरुका सपना पूरा गर्न उच्च संकल्प र प्रतिबद्धता व्यक्त गर्दैं उनले आफुहरु निरन्तर जनयुद्धकै विकसित रुप एकीकृत जनक्रान्तिकाे रूपमा नयाँ ढंगले अगाडि बढिरहेको विचार व्यक्त गरे ।
उनलेे भने,’महान् जनयुद्धको संघर्ष र बलिदानले ल्याएको गणतन्त्रमा आज दलालहरु राज गर्न पुगे । श्रमिक जनताको हिजोदेखिको दु:ख र पीडा झन् थपियो । मुठ्ठीभर दलालहरु बाहेक सारा नेपाली निस्सासिएको अवस्थामा बाचेको भन्दै असफल दलाल संसदीय व्यवस्था फालेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नु नै यो समयको आवश्यकता र संकटको समाधान हो ।’ देशभक्त, वामपन्थी, परिवर्तनकारी शक्तिहरु एक भएर देशमा देखिएको सबैखाले समस्याको दिर्घकालिन समाधान दिनुपर्नेमा जोड दिए ।


कार्यक्रममा उपत्यका व्युरो इन्चार्ज कृति सी, पोलिट व्युरो सदस्य खुमा सी, केन्द्रीय सदस्य भृकुटी सी, केन्द्रीय सदस्य राजकुमारी सी , महासङ्घका महासचिव कुशल सीलगाएत नेताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।