२२ भाद्र २०८१, शनिबार

भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबिच सहकार्यको राम्रो वातावरण बनेको छ : माइला सी

0

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीकाबिच सहकार्यको वातावरण बनेको बताएका छन् ।
शुक्रबार राति चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा १० दिने चीन भ्रमण सकेर नेपाल फर्किएका नेता माइला सीले संचारकर्मी तथा आफ्ना नेताकार्यकर्ताहरुसङ्ग अनुभूति सुनाउदै सहकार्यको राम्रो वातावरण बनेको बताएका हुन् ।
नेकपा काठमाडौं जिल्ला समितिले आयोजना गरेको (सीपीसी) अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा गरिएको चीन अध्ययन भ्रमण र त्यसको समिक्षा कार्यक्रममा बोल्दै उनले चीन पुगेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसङ्ग नेपाली कम्युनिस्ट आन्दोलन कम्युनिस्टहरुमा देखिएका समस्या एकताको विषयमा छलफल गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको विकास चिनमा भएको विकासको गति आर्थिक समुन्नति लगगायतको विषयमा अनुभव साटासाट गर्दा सीपीसी हामीसङ्ग सहकार्य गर्न सकारात्मक रहेको बताए ।
उनले भने, “हाम्रो भ्रमण दल र त्यहाँका विभिन्न प्रान्तका नेताहरुसङ्ग जुन किसिमको कुरा भयो त्यहाबाट दुबै पक्ष एकाअर्काप्रति प्रभावित भयौं चीन र नेपालमा भएको समग्र र कम्युनिस्ट आन्दोलन र त्यसको उपलब्धिबारे अनुभूति साटासाट भयो त्यहाका नेताहरुले हामीप्रति हाम्रो पार्टीप्रति देखाएको सदासयताले सम्बन्ध विस्तारको ढोका खुलेको छ ।”

उनले अध्ययन भ्रमणबाट आफुले सिकेका र समग्र नेपालका कम्युनिस्टहरुले सिक्नुपर्ने धेरै कुराहरु त्यहाँ आफुले पाएकोमा साच्चै कम्युनिस्ट सरकार कस्तो हुनुपर्छ कम्युनिस्ट आचरण कस्तो हुनुपर्छ भन्ने ज्ञान प्राप्त गरेको बताए ।

यस्तो छ नेता माइलाले आफुले चीन भ्रमणबाट सिकेको देखेको र १० दिनसम्मको भ्रमणको सारसंक्षेप
कृषि वैज्ञानिकहरुबाट लक्ष अनुसारको उपल्ब्धी भएन भने हटाइन्छ र अर्को नियुक्ति गरिन्छ चरणबद्ध यो प्रकृया चल्छ यसले आफ्नो सेक्टरमा जिम्मेवारबोध गराउँछ ।
विश्वभरीका जनताहरुलाई सस्तो दरमा उपभोग्य सामान उपलब्ध गराउने सामाजिक सोचबाट प्रभावित आफ्नो परम्परागत संस्कृतिको संरक्षक गर्ने शैली लोप उन्मुख मानिसहरुलाई दिइने सुविधा लोभलाग्दो ।

कन्फ्युसियसलाई कम्युनिस्ट मन्दिरमा राखेर गरिएको सम्मान जुन उचाई त्यो मन्दिरको छ त्यो भन्दा अग्लो घर चीनमा बनाउन इजाजत छैन त्यो उनिप्रतिको उच्च सम्मान हो।
होग्स्याओ गाउँको महिला सेनाहरुको अवस्थिति जो जापनिज साम्राज्यवादसंगको लडाइँमा देखाएको बलिदानीपुर्ण वीर जनताको संस्कृतिलाई  सम्मान गर्न सकिएन भने जनता क्रान्तिको विपक्षमा जान्छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा जनताको चाहना र भावनाको उच्च कदर गर्ने संस्कृति छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विरता र बलिदानीको इतिहास अविस्मरणीय र भावुक थियो जुन म्युजिएममा प्रष्ट देखिन्थ्यो । जसले इतिहास भुलेउ भने चीनको अस्तित्व छैन भन्ने कुराले प्रेरित गरिरहेको छ ।

चिनियाँहरुमा अहिले देखिएको उर्जा व्यवस्थित हाइजनिक खाना समय व्यवस्थापनमा स्मार्ट क्याडर भन्दा लिडर पहिले पुग्ने कल्चर ।
बडी म्यान्डेन लोभलाग्दो, महिला गर्वभती हुदादेखि नै डाक्टरको व्यवस्था एउटा डाक्टरले सकुशल प्रजनन गराउन सकेन भने त्यो डाक्टरले सजाय भोग्नु पर्छ। समयको सहि सदुपयोगले चिनियाहरुले आज यो अवस्थामा देश खडा गरेका हुन् ।

सहरी विकासको खाका व्यवस्थित र वैज्ञानिक स्वच्छ सफा र प्रदुषणरहित भएको लगायतका थुप्रै अनुभूतिहरुको समिक्षा भएको थियो ।
नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज चिरन सीको अध्यक्षता अथा संचालनमा सुरु भएको कार्यक्रममा
प्रमुख अतिथि माइला सी, भ्रमण दलका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य खगेश्वर सी, केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज बिपिन सी, अतिथि कृष्ण सी, केन्द्रीय सदस्य आरोह सी, केन्द्रीय सदस्य भृकुटी सीलगाएत नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सदस्यहरुको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।