१५ बैशाख २०८१, शनिबार

देशलाई दलाल पुजीवादबाट मुक्त गर्नका लागि समाजवाद आवश्यक छ : माइला सी

0

दमक: नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य माइला सीले देशका तमाम समस्याको कारण दलाल पुजीवाद भएको बताउँदै यसको समाधानको एउटै बाटो समाजवादी व्यवस्था भएको बताएका छन् ।

आज झापाको दमकमा सम्पन्न “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनयुद्धका महान सहिद डि कौडिन्यलाई स्मरण गर्दै झापाले पञ्चायत बहुदल जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्म आइपुग्दा ठुलो योगदान दिएकाले अब समाजवादी व्यवस्था प्राप्तिका लागि पनि झापाले उल्लेखनीय भुमिका निर्वाह गर्ने उनले बताए । आजको संसदीय व्यवस्थाले देश र जनतालाई कुनै निकास दिन नसकेको बताउँदै यो संकट समाधानको पाटो कसरी पैलाउन सकिन्छ भन्ने विषयमा उनले बहस छेडेका थिए ।

नेपाली राजनीतिमा आलोचना र संश्लेषण धेरै भएको बताउँदै नेता माइलाले अब निकास दिने बाटो खोज्नुपर्ने बताए । यो समाज र देशको हितका लागि लड्ने सबै शक्ति बिच सहकार्य एकता हुने बताउँदै जिम्मेवारी ढंगले राष्ट्रलाई दलालहरुबाट मुक्त गर्ने पार्टीको दायित्व रहेको उनले बताए । लघुवित्त तथा वित्तीय संस्थाको ज्यादतीबाट झापामा पनि थुप्रैले आत्महत्या गर्नुपरेको स्मरण गराउँदै अहिले विश्वमा जहाँ जहाँ लडाइँ चलिरहेको छ त्यहाँ पनि नेपालीहरु नै मरिरहेको परिस्थिति देशका लागि दुखद रहेको उनले बताए ।

आज हरेक युवा विद्यार्थी आफ्नो मुलुकप्रति आशावादी हुन नसकेको बताउँदै जुन देशमा युवा विद्यार्थी खुसी हुँदैन त्यो देश कहिल्यै खुसी हुन नसक्ने बताए । अब एमाले काङ्ग्रेस माओवादीलाई गाली गलौज गरेर समस्याको समाधान नहुने भन्दै यो विकृतिको जरासम्म पुगेर यसका कारणहरु पत्ता लगाएर निकास दिनतर्फ लाग्नुपर्ने बताए ।

आजको संकटबाट मुक्त हुन समाजवादी व्यवस्थामा जानुपर्ने र सहज ढंगले निकास निकाल्न सबैजना एकै ठाउँमा जुट्नुपर्ने उनको भनाइ थियोे । साच्चै देश र जनताको हकहितको लागि लागि परेको हो भने, यदी राजनीति देश र जनताको समृद्धिका लागि गरिएको भए गम्भीरतापूर्वक जनता र राष्ट्रप्रति इमानदार भएर समिक्षा गर्नेबेला आएको उनले बताए । उनले भने,-
“आज देशमा पाँचलाख बढी घरहरु रित्तो रहेको र लाखौं व्यवसायीहरु पलायन भएको तथा मिटब्याजीहरुका कारण कयौंले आत्महत्या गर्नुपरेको अवस्था रहेको छ तर यो राज्य दर्शक बनेर बसिरहेको छ।”

आज देशमा शिक्षा , स्वास्थ , रोजगार लगायत सबै क्षेत्रमा व्यापक समस्या रहेको बताउँदै यसको कारण दलाल पुजीवाद रहेको र पहिचान पक्षधरहरुको आन्दोलनलाई समेत यो व्यवस्थाले पार नलगाउने बरु समाजवादी व्यवस्थाले मात्रै यसको निकास दिने उनले बताए ।

देश संकटमा रहेको र यसको निकास खोज्नुपर्ने अधिकांश वक्ताहरुको भनाइ थियोे । वक्ताहरुले माओवादी एकतादेखि संविधान अक्षरस पालना गर्नुपर्ने लगायतका विषय राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।