२६ बैशाख २०८१, बुधबार

सबै मिलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न जरुरी छ : शितल सी

0

 

बागमती: नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य शितल सीले देशमा अब सबै मिलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न जरुरी भएको बताए । नेकपा मकवानपुरद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेकपाले सोमबार नेपालमा लादिएको एमसीसी, राज्यसत्ताको संकट र निकासको बाटो विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम बागमती गाउँपालिकामा भएको हो । पछिल्लो समयमा देशमा चौतर्फी संकट सिर्जना भएकोले अब त्यसको समाधानको बाटो खोज्न सबै नागरिकलाई झकझक्याउने उद्देश्यका साथ पार्टीले उक्त विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेकपाका पोलिट व्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चौतर्फी संकटबाट गुज्रिरहेको हाम्रो देशलाई निकास दिन अब सबै शक्ति मिलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने बताए । त्यस्तै जनताको आँखा छलेर जबर्जस्त सदनबाट रातारात पास गरेको एमसीसी सम्झौता कुनै पनि हालतमा खारेज गर्नुको विकल्प नभएको उनको भनाइ थियो । साथै लिपुलेक, लिम्पियाधुरा लगायतको नेपाली भूभाग अतिक्रमण रोक्न कडा सिमा सुरक्षा नीति अवलम्बन गर्न गराउन जोड दिनुपर्ने बताए ।

नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज वाटर सीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रतिनिधि इन्द्र कुमार राई, माओवादी केन्द्र प्रतिनिधि महेश सिन्तान,समाजसेवी आशिष पाख्रीन, बागमती-२ का वडा सचिव तारा नाथ राई, नेकपा बकैया गापा इन्चार्ज मोहन सी लगायतको आतिथ्यता रहेको छ । नेकपाका केन्द्रिय सदस्य मिङमार सीले सन्चालन गरेका कार्यक्रममा बागमती गापा सेक्रेटरी साजन सीले स्वागत मन्तव्य राखेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।