१५ बैशाख २०८१, शनिबार

अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको २७ औं जिल्ला सम्मेलन सम्पन्न

0

 

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको २७ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । संगठनका सचिवालय सदस्य लोकेश सीको अध्यक्षता, नेकपाका स्थायी कमिटी सदस्य तथा संगठनको फ्र्याक्सन इन्चार्ज शिलु सीको प्रमुख आतिथ्यता,अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सी र नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ k1 जिल्ला इन्चार्ज भृकुटी सीको विशिस्ट आतिथ्यता, अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सी, बागमती कमान्ड इन्चार्ज मदन सी, नतसा सी, संगठनका सचिवालय सदस्य डिवि सी, संगठनका सचिवालय सदस्य तथा त्रि वि ब्यूरो इन्चार्ज अनिल सी, संगठनका सचिवालय सदस्य तथा विश्वविद्यालय ब्यूरो इन्चार्ज सुवास सी, केन्द्रीय सदस्यहरु प्रकाश सी,यशोदा सी,सुवास सी,प्रजित सी,सविन सी, सरस्वती सी, प्रजिना सी, बाल्केश सी, चिरायु सीको आतिथ्यतामा सम्पन्न भएको हो ।


सम्मेलनमा शुभकामना मन्तव्य राख्दै संगठनका अध्यक्ष प्रकाश सीले सम्मेलनबाट निर्वाचित हुने नेतृत्व शैक्षिक दलाल तथा भ्रष्टहरु विरुद्ध मसाल झोस्न तयार हुनुपर्ने बताए । विद्यार्थीहरुको भविष्यमाथि दलाल भ्रष्टहरुले गम्भीर खेलवाड गरिरहेकोले त्यसका विरुद्ध निर्मम हुनुपर्ने भन्दै राष्ट्र निर्माणमा युवा विद्यार्थीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने समय आएको बताए । फागुन ६ गते देखि ९ गतेसम्म संगठनको राष्ट्रिय सम्मेलन हुने भएकोले उक्त सम्मेलनमा नेपालको शैक्षिक अवस्था र अबको शिक्षा प्रणाली, युवा विद्यार्थीको भविष्य, दायित्वबारे बृहत् छलफल गरिने हुँदा सबै युवा विद्यार्थीहरु सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन अपिल गरे ।
यस्तै कार्यक्रमका विशिस्ट अतिथि नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौ १ नं. जिल्ला इन्चार्ज भृकुटी सीले दलाल पुजीवादी संसदीय व्यवस्था अहिले मुख्य बाधक रहेकाले यसलाई भट्काएर वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताइन् । युवा विद्यार्थीहरुले समाजवाद प्राप्तिको आन्दोलनमा निर्णायक भुमिका निर्वाह गर्नुपर्ने भएकाले सोही अनुसार अगाडि बढ्न अपिल गरे ।
संगठनका बागमती कमाण्ड इन्चार्ज मदन सीले अहिलेको शिक्षा सहि नभएकाले वैज्ञानिक समाजवादी शिक्षा ल्याउन सबै लाग्नुपर्ने बताए । देश सबै हिसाबले खराब भएकाले सहि नेतृत्वको आवश्यक रहेको भन्दै वैज्ञानिक समाजवादबाट मात्र सबै संकटको हल हुने बताए ।
सम्मेलनका अतिथि संगठनका उपाध्यक्ष नरेन्द्र सीले पुरानो सोच पुरानै नेताहरुबाट आमूल रुपान्तरण सम्भव नभएकाले अब नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व बाट मात्र आमूल रुपान्तरण सम्भव रहेको बताए । उपाध्यक्ष नरेन्द्र सीले नेपालको शिक्षा प्रणाली नेपाली माटो सुहाउँदो नभएकाले नेपाली माटो सुहाउदो, श्रम र उत्पादनसंग जोडिएको शिक्षा आवश्यक रहेको बताए । समाजवादी राज्यव्यवस्थाबाट मात्र समाजवादी शिक्षा प्राप्त गर्न सकिने उनको जिकिर थियो ।
यस्तै प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य तथा संगठनका फ्र्याक्सन इन्चार्ज शिलु सीले नेपालमा दलाल भ्रष्ट पुजीवादी राज्यव्यवस्थाले देशलाई बर्वाद बनाएको, युवा विद्यार्थीलाई हैरानी खेप्न बाध्य बनाएकोले यो व्यवस्थालाई जरैबाट मिल्काएर समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने भएकोले समाजवाद प्राप्त गर्न सबै लाग्नु पर्ने बताइन् । साथै नेपालको हरेक परिवर्तनकारी आन्दोलनमा विद्यार्थीहरुको महत्वपूर्ण योगदान र अहम् भुमिका रहेकाले फेरि एक पटक नौजवान युवा विद्यार्थीहरु अन्तिम तर निर्णायक आन्दोलन समाजवाद प्राप्तिको आन्दोलनमा सरिक हुनुपर्ने बताइन् ।
आज सम्पन्न २७ औं जिल्ला सम्मेलनबाट निर्वाचित अध्यक्ष : प्रेम सी
उपाध्यक्ष : समिर सी
सचिव : मनिषा सी
सह सचिव : राजेश सी
कोषाध्यक्ष : उर्मिला सीसहित ४९ सदस्यीय जिल्ला कमिटी चयन भएको छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।