२३ बैशाख २०८१, आईतवार

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा विधान प्रतिवेदनमाथि छलफल सकियो

0

कीर्तिपुर। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा विधान तथा प्रतिवेदनमाथिको छलफल सकिएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा चलिरहेको बन्द सत्रमा प्रस्तुत भएको विधान तथा प्रतिवेदन माथि समूहगत छलफल सकिएको हो ।

बन्द सत्रको दोश्रो दिनको छलफलमा अखिल (क्रान्तिकारी) का विभिन्न कमिटीका १३ वटा समूह प्रमुखहरूले टिप्पणीसहितको सुझाव पेश गरेका थिए ।

सेती र महाकाली ब्यूरोको तर्फबाट एकेन्द्र सी, सिटिइभिटी र विश्वविद्यालयको तर्फबाट बालकेश सी, लुम्बिनी पूर्व र केन्द्रीय कार्यलयको तर्फबाट सुशील सी, धौलागिरी र पश्चिम लुम्बिनीबाट विजय सी, बबिता सी डिबि सी, केश सी, प्रियंका सी, चिन बहादुर सी, सुवास सी, धनु सी, तिलक सी, एकेद्र सी, सतल सी, बाल्केश सीले सुझावसहितको टिप्पणी राखेका थिए ।

सम्मेलनमा पार्टीको तर्फबाट नेकपा स्थायी समिति सदस्य अनिल सी, सुशील सी र नेकपा केन्द्रीय सदस्य चिरञ्जीवी सीले प्रशिक्षण मन्तव्य राखेका छन् ।

अन्य कार्यक्रमहरु क्रमागत रूपमा अगाडि बढाइने आयोजकले जनाएको छ । सामना सांस्कृतिक परिवारले विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।