
नेपाल कम्युनिस्ट पार्टी, पश्चिम बर्दियाले राजापुर उद्योग वाणिज्य संघको हलमा “वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला इन्चार्ज हिमशिखर सीको अध्यक्षतामा प्रमुख अतिथि PBM आस्था सीको आतिथ्यतामा अतिथि PBM आधार सी, दक्षिण कर्णाली व्युरो इन्चार्ज संगम सी, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य लोकमणी आत्रेय, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष चिन्तामणी आचार्य, समाजसेवी तथा स्वास्थ्यकर्मी वैद्यनाथ झासहित मुक्त कमैया, शिक्षक, विद्यार्थी, श्रमिक समुदाय मोर्चा र ट्रेड युनियन महासंघका केन्द्रिय सदस्यहरु बलमान सी र राम प्र.सी, बुद्दिजीवि र जनसमुदायसहितको सहभागितामा भएको कार्यक्रमको संचालन पश्चिम बर्दियाका सेक्रेटरी राम सी र स्वागत मन्तव्य राजापुर नगर इन्चार्ज दीपक सीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्