३१ भाद्र २०८१, सोमबार

नेकपा बर्दियाद्वारा लागु औषध, विभिन्न सामाजिक विकृति र भेदभावहरु रोक्न माग

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जिल्लामा अवैद्य रुपमा भइरहेको लागु औषध कारोवार लगायतका विभिन्न सामाजिक विकृति तथा भेदभावका घटनाहरु नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयसंग माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी बर्दियाका इन्चार्ज हिमशिखर सी र जिल्ला सेक्रेटरी टिकाराम सीले हस्ताक्षर गरेको ज्ञापनपत्र सोमवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई बुझाउदै लागु औषध सहित विभिन्न सामाजिक विकृति र भेदभावका घटनाहरु रोक्न माग गरिएको हो ।
नेकपाले खुल्ला सीमाका कारण जिल्लामा विभिन्न अपराधीक घटनाहरु बढदै गएको भन्दै नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेकपाले प्रमुख जिल्ला अधिकारी समक्ष विभिन्न ११ बुँदे माग राख्दै बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘हाम्रो जिल्ला भारतसंग सीमा जोडिएको जिल्ला हो । भारतसंगको खुला सीमाका कारण हुने तस्कर र लागु औषध ओसारपसारका कामहरु निर्वाध भइरहेका छन्, जसले देशमा बचेखुचेका युवाहरुलाई पनि दुव्र्यशनको शिकार बन तस्करहरुले लुट मच्चाइरहेका छन् । यसको नियन्त्रण गर्न गंभीरतापूर्वक कदम चालियोस ।’
नेकपाले शिक्षा, स्वास्थ्य क्षेत्रमा भईरहेका विकृति,भ्रष्टाचारहरु रोक्नु पर्ने, कृषि क्षेत्रको मल विउको अभाव परिपुर्ति गर्नु पर्ने, सुकुम्वासी,मिटर व्याज पीडितको समस्या समाधान गर्नु पर्ने, जातीय विभेद तथा छुवाछुतका घटनाहरु रोकिनु पर्ने, यातायातमाथिको सिण्डिकेट हट्नु पर्ने लगायतका विभिन्न ११ बुँदे मागहरु राखेको छ ।
नेकपाका जिल्ला इन्चार्ज हिमशिखर,सेक्रेटरी टिकाराम लगायतका नेता कार्यकर्ताहरुको टोली ज्ञापनपत्र लिएर प्रमुख जिल्ला अधिकारी शर्मालाई भेट गएको थियो ।
ज्ञापनपज्ञ बुझदै प्रमुख जिल्ला अधिकारी शर्माले मागहरु सकरात्मक भएको भन्दै नियन्त्रणको लागि प्रहरी प्रशासनले अधिकतम प्रयास गर्ने बताईन ।
ज्ञापनपत्रको पूर्ण पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।