३१ भाद्र २०८१, सोमबार

जनकलाकार खगेन्द्र विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीमा समाहित

0

ललितपुर/ जनकलाकार खगेन्द्र विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन् । आज हरिसिद्दिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा उनलाई खादा ओढाइ -फुल प्रदान गरि नेकपामा स्वागत गरिएको हो ।

प्रवेशिकाहरुलाई स्वागत गर्दै नेकपा महासचिव विप्लवले नेपाली विशेषताको समाजवादले मात्रै आजका समस्या र मुद्दाहरूको  समाधान हुने भएकोले उक्त अभियानमा देशका सबै युवा प्रतिभाहरु जोडिनुपर्ने बताए ।

जनयुद्ध हुँदै पछिल्लो समयमा इन्द्रेणी कार्यक्रममा समेत चर्चित हुनुभएका कलाकार खगेन्द्र विश्वकर्मा नेकपा (माओवादी केन्द्र) परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । नेकपा (माओवादी केन्द्र) निकट जनकलाकार संगठनको केन्द्रमा कार्यरत खगेन्द्रले सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका-५, निवासी हुन् । आजको नेपाली राजनीतिक परिस्थितिमा देशलाई नेकपा र यसको नेतृत्व विप्लवले मात्र निकास दिन सक्ने निश्कर्षसहित आफू नेकपामा ध्रुविकृत भएको कलाकार खगेन्द्रले प्रतिक्रिया दिएका छन्  ।

यसैगरी दैलेख महाबु गाउँपालिका – ३ बाँसी निवासी पदम प्रसाद जैसी, सोही पालिका निवासी देव बहादुर सुनार र दाङ तुल्सीपुर उपमहानगरपालिका – ५ निवासी कृष्ण कुमार बुढाथोकी समेत उक्त कार्यक्रममा नेकपामा समाहित भएका छन् ।

पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा  नेकपा केन्द्रिय सदस्यहरु रामलाल सी, अडिग सी,  सुदर्शन सी, सुर्खेत जिल्ला सचिव जीत सी र अखिल नेपाल लेखक संघ केन्द्रीय कोषाध्यक्ष प्रतिबद्धको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।