१६ फाल्गुन २०८१, शुक्रबार

आरसीपी बजारमा सहिदको चिहानमाथि उठेका राता मुठ्ठीहरु

0

फागुन १४ गते बुधबारको दिन थियो । यो ऐतिहासिक दिन हुँदै थियो । हामी रास्कोटको आरसीपी बजारमा थियौँ । आरसीपी बजारको नामाकरण पनि सहिदको नामहरुबाट जुराइएर बनाइको बजार थियो । यहाँ क्रान्तिकारी योद्धा विप्लव पुग्नु भएको थियो । उहाँ जनसभालाई सम्वोधन गर्न १३ गते साँझ नै आरसीपी बजार पुग्नु भएको थियो । बजार तातिएको थियो । जब दिउँसोको १२ बज्यो, विस्तारै चारैतिर कमिला जस्तै ताँती देखिन थाल्यो । जहाँ एकीकृत जनक्रान्ति जिन्दावाद ! नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! महान सहिदहरु अमर रहुन् ! भन्दै गगनभेदी नाराहरु गुन्जिन थाल्यो । दमाह बजाउँदै हुड्के नाच नाच्दै र झाँकी प्रस्तुत गर्दै नारा जुलुस सुरु भयो । आफैपनि महासचिव विप्लव सी पनि त्यो जुलुसमा उभिनु भयो । फुलमालाले विप्लवलाई भव्य स्वागत गरिदै थियो । रास्कोटी जनताले जननेता आउँदा अभिभावक पाएको अनुभूति गरिरहेका थिए । हात –हातमा क्रान्तिका राता झण्डाहरु फरफरराई रहेका थिए । क्रान्तिका राता झण्डाहरुले सहिदको सपना पूरा गर्ने क्रान्तिकारी विचार र नेताको खोजि गरिरहेका थिए । तर विप्लवलाई भेट्दा ति झण्डाहरु उत्साहित देखिन्थे ।
रास्कोटी जनताको कमिला जस्तै ताँती थियो । यो ताँती जहाँ आज भन्दा भन्दा २५ बर्ष अघि २०५६ साल चैत्र ४ गते तत्कालिन हत्यारा प्रहरीले सामुहिक हत्या गरेका ४ जना महान योद्धा गाडेको चिहानमा पुग्दै थियो । त्यही चिहानको माथि जनसभाको मञ्च तयार पारिएको थियो । नेपाली जनताको मुक्ति यात्रामा लागेका महान क्रान्तिकारी योद्धा धीर बहादुर बम (दुरदर्शी) चरित्रा न्यौपाने (बन्दना), रंगनाथ न्यौपाने (जीवनवली) र जगदिश रोकाया (न्याय) को चिहान थियो । उनीहरुले हाँसी हाँसी श्रमजीवी जनताको मुक्तिको लागि बलिदान गरेका थिए । बेल्केढुङंगादेखि आरसीपी बजारसम्म उनीहरुको रगतले सिंचित भूमि थियो । रगतको टिका लगाउदै रास्कोटी राता मान्छेहरु महान सहिदहरु गाडिएको चिहानमाथि क्रान्तिकारी मुठ्ठी उठाइरहेका थिए । जब राता मान्छेको ताँती चिहानमा पुग्यो । तब ती मान्छेहरु त्यही चिहान माथि मुठ्ठी मात्र उठाउदै थिएनन् सपना पूरा गर्ने कसम पनि खादै थिए ।
चारैतिर झकिझकाउ मञ्चमा नेकपाका केन्द्रीय सदस्य बलवान सीको संचालन र विवेक सीको सभाअध्यक्षताा जनसभा सुरु भयो । जनसभामा प्रमुख अतिथिको रुपमा महासचिव विप्लव सीको आसनग्रहण भयो । अन्य अतिथिहरुको पनि आसनग्रहण भयो । सहिद पत्नी विरिन्द्रा न्यौपाने, संगीता योगीको नाम पनि आसन ग्रहणका लागि बोलाइयो । सबैको मनमा उत्साहसंगै भावनाका छालहरु पनि छ–छल्की रहेका थिए । कार्यक्रम स्थलमै सहिदहरु गाडिएका थिए । उनीहरु हामी सबैलाई नियाली रहेका थिए । चारैतिर राता झण्डाहरु पनि फरफराइरहेका थिए । चिहानबाट ब्युउझिएका सहिदहरुले भन्दै थिए ‘हाम्रो रगतको मुल्य कहिले पूरा हुन्छ ? हाम्रो सपना कहिले पूरा हुन्छ ? माओवादी सत्तामा पुगेर किन हामीलाई बिर्सन खोजेको हो ? किन माओवादी विभाजन हुनुपर्ने अवस्था भयो ? अब माओवादीहरु रुपान्तरण भएर एक हौं । दलाल पुँजीवादको अन्त्य गर । नेपालमा समाजवादको स्थापना गर र हाम्रो सपना पूरा गर ।’
सहिदहरुले चिहानबाट भन्दै गर्दा राता मान्छेहरुले समर्थन जनाइरहेका थिए । यो दिन सहिद सप्ताहको पहिलो दिन पनि थियो । जुन दिन ११ बर्षिय बालक दिल बहादुर रम्तेलको हत्याराहरुले निर्मम हत्या गरेको दिन पनि थियो । त्यही दिन सहिदको चिहानमाथि कार्यक्रम थियो । सहिदहरुको चिहानमाथि उभिएर नेकपाका महासचिव विप्लव सहितका नेताहरुले सहिदका सपना जसरी पनि पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । एकीकृत जनक्रान्तिका सुत्रधार महासचिव विप्वलले भने ‘आवश्यक परे सहिदहरुको सपना पूरा गर्न ०५२ साल फर्किन सक्छ, हामी सहिदहरुलाई उच्च सम्मान गर्दछौँ, सपना पूरा गरेरै छोड्ने छौँ ।’
उनले बोलिरहदा सहिदहरु हाँसीरहेका थिए । सपना अलपत्र पर्दा निरास भएका सहिदहरु खुसीले गद्गद् हुँदै हाँसेका थिए । सहिदहरुको सपना कुनै पनि मुल्यमा पूरा गर्ने नेताहरुको प्रतिबद्धता थियो ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्यद्वय सन्तोष सी, रणवीर सी, केन्द्रीय सदस्यहरु प्रयास सी, दिनेश सी र नरेन्द्र सीले पनि अधुरो क्रान्ति पूरा गरेरै छोड्ने र सहिदहरुको सपना गन्तव्यसम्म पर्याएरै छोड्ने प्रतिबद्धता जनाए । यो सहिदको चिहानमाथिको सामूहिक प्रतिबद्धता थियो । हजारौं राता रास्कोटी जनताको बिचमा प्रतिबद्धता थियो ।
हजारौं क्रान्तिकारी रास्कोटी जनताहरुले नयाँ आसा र अपेक्षा गरेको क्रान्ति नायक विप्लव सीलाई निकै चासोका साथ लिए । सहिद परिवारले पनि चासोका साथ लिए । बुद्धिजीवी र अरु विभिन्न पार्टीका आस्थावान मान्छेले समेत चासोका साथ लिए । जनयुद्धको समयमा हरेक कालिकोटका बस्ती–बस्ती हिडेको भएपनि शान्ति प्रक्रियापछि रास्कोटमा विप्लवको पहिलो आगमन थियो । जनयुद्धको समयमा शान्तिघाट प्रहरी चौकी कब्जा होस् पाद्मघाट प्रहरी चौकी कब्जा होस् यी विप्लवकै कमाण्डमा भएका थिए । क्रान्तिको दियोको रुपमा उदाइरहेको क्रान्तिकारी लिडरलाई सहिद र वेपत्ता योद्धाहरुले पनि निकै नियालिरहेका थिए । घाइते योद्धाहरुले पनि नियालिरहेका थिए ।
उनीहरुले जनयुद्धका सपनाहरु पूरा हुने आसा व्यक्त गर्दै थिए । राता रास्कोटवासी जनताले आफ्ना कला गलाहरुमार्फत देशमा विप्लव चाहिएको छ भन्दै थिए । गाउँ –गाउँबाट ल्याइएका देउडा तथा झाँकीमार्फत सहिदहरुको सपना पूरा गर्ने महान बाटोमा लागि रहन र क्रान्ति पूरा गरेरै छोड्न सुझाव दिए । क्राान्ति गीत, क्रान्तिकारी नारा, क्रान्तिकारी जोस् जागरले एकपटक रास्कोट तात्यो । सायद ! रास्कोटमा दर्जनौ सहिदहरुको रगतले सबैलाई घचघच्याइरहेको थियो । महान सहिद इन्द्रजीत, विवस लगायतका दर्जनौ रास्कोटी सहिदहरुको रगतले निकास खोजिरेहेको थियो । समाजवाद, साम्यवाद खोजिरहेको थियो । कार्यक्रमका नेताहरुलाई त्यही खबरदारी गरिरहेको थियो । सहिदका चिहानमाथिको प्रतिबद्धता अजर र अमर हुने रास्कोटवासी जनताले विश्वास लिएका छन् । कार्यक्रमको समापनमा रास्कोटवासी जनताको बिचमा महासचिव विप्लव आफैपनि छमछमी नाचे । देउडामा रमाए । क्रान्ति गीतमा रमाए । राता झण्डामा रमाए ।

सहिदको चिहानको रातो रगतको टिका लगाउदै महासचिव विप्लव सीले फेरिपनि कालिकोटे जनता, रास्कोटी जनता र सिंगो नेपाली जनता र सम्पूर्ण सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता जनाए । महासचिव विप्लव सहित सबैले सपना पूरा गर्ने क्रान्तिकारी मुठ्ठीहरु उठाए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।