३ आश्विन २०८१, बिहीबार

नेकपा बर्दियाले बुझायो ७ बुँदे ज्ञापनपत्र

0

नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाई आज ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य हिमशिखर सीको नेतृत्वमा पार्टीका नगरपालिका/गाउँपालिका इन्चार्ज र जवस मोर्चाको ११ जना नेतृत्वहरुको उपस्थितिमा ४ बुँदे प्रधानमन्त्रीलाई र जिल्लासँग सम्बन्धित ३ बुँदे गरि ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।
इन्चार्ज हिमशिखरले पढेको ज्ञापनपत्रलाई ध्यानपूर्वक सुनेका प्र.जि.अ.ले ज्ञापनपत्रलाई अगाडि बढाउने र जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित ज्ञापनपत्र बुझेका छन् । उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी निरीक्षकको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।