
काठमाडौं: महान सहिद विरजङ्गका जेष्ठपुत्र तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी का भतिज एवम् नेकपा कपिलवस्तुका नेता बियसको स्मृतिमा कपिलवस्तुको शिवगढीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रममा विभिन्न जातका जडिबुटीहरु महासचिव विप्लवको नेतृत्वको रोपिएको थियोे । अमला, आँप तथा बाह्रमासे फुलहरु रोपिएको वृक्षरोपण कार्यक्रममा सहभागी पार्टी केन्द्रीय सदस्य अडिग सीले बताए ।
वृक्षारोपणमा कार्यक्रममा स्थानीय पार्टीका नेता कार्यकर्ता, परिवार तथा आफन्तजनहरुको उपस्थिति रहेको थियोे ।
नेकपाले अगाडि सारेको सी संस्कृति अनुसार बियसको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिएको नेकपा कपिलवस्तुले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्