२३ भाद्र २०८१, आईतवार

नेकपा कपिलवस्तुद्वारा बियसको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न, अक्षयकोष स्थापना

0

 

काठमाडौं/ सहिद क. विरजङ्गका जेष्ठ सुपुत्र नेकपा तथा महासचिव विप्लवका भतिज एवम् नेकपाका युवा नेता बियस चन्दको स्मृतिमा नेकपा कपिलवस्तुले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

नेकपा नेता चन्दको गत जेठ १२ गते काठमाडौँको टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।
बियसको काठमाडौं पशुपतिमा अन्तिम संस्कारपछि परिवार कपिलवस्तु फर्केर सी संस्कृति अनुसार वृक्षारोपण,लत्ताकपडा वितरण र अक्षयकोष स्थापना जस्ता कार्यक्रम समेत सञ्चालन गरेको छ भने यसैक्रममा नेकपा कपिलवस्तुद्वारा वियसको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

श्रद्धाञ्जली सभामा नेकपाका महासचिव विप्लवले चन्दको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताएका छन् ।

पार्टीको काम कर्तव्य, पार्टीको आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै महासचिव विप्लवले वियसको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ नेता गुमाएकाे बताए ।

श्रद्धाञ्जली सभा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता,संगम सीको अध्यक्षता तथा पाबेल सीको संचालनमा सम्पन्न भएको हो । श्रद्धाञ्जली सभा कार्यक्रममा चन्द परिवार तथा नेकपाका विभिन्न तहका नेता कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो ।


चन्द परिवारमा बिरजङ्गको मृत्युपछि निरन्तर आमा र छोराको मृत्युुले पिडादायी बनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।