३१ भाद्र २०८१, सोमबार

क्रान्तिकारी ट्रेड युनियन महासंघको सम्मेलनमा प्रस्तुत प्रतिवेदनमाथि समुहगत छलफल सुरु

0

चितवन- नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा महासंघका निवर्तमान संयोजन श्याम सी द्वारा तयार पारिएको महासंघको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि समुहगत छलफल सुरु भएको छ। महासंघको आठौं राष्ट्रिय सम्मेलनमा प्रस्तुत राजनितिक तथा साङ्गठनिक प्रस्ताव बाचन सकिए लगतै प्रतिनिधि प्रबेक्षकहरुकाबिच समुहगत छलफल सुरु भएको हो।
प्रतिवेदनमाथी छलफल गर्न सरल र होस भनेर समूह बिभाजन गरिएको संघले जनाएको छ।
पुर्वी कमाण्ड,मध्य कमाण्ड, पश्चिम् कमाण्ड, तथा प्रदेशको कमाण्ड गरि विभिन्न समुहमा बिभाजित भै बन्दसत्रमा सहभागी प्रतिनिधि प्रवेक्षकहरुले उत्शाहपुर्ण रुपमा छलफल गरिरहेका छन्। सबै कमाण्डको समुहगत छलफल सकिएपछी समुहको टोली नेताले आफ्नो ग्रुपको सुझाव पेस गर्नसक्ने महासंघका निवर्तमान संयोजक श्याम सीले बताए।
अध्यक्ष मण्डलका अध्यक्ष पुर्ण सीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा “दलाल संसदिय ब्यवस्थाको अन्त्य र श्रमिक उत्पिडनका बिरुद्ध हाम्रो अभियान एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि आठौं राष्ट्रिय सम्मेलन” भन्ने मुल नाराकासाथ महासंघका निवर्तमान संयोजक श्याम सी द्वारा नेपालको वर्तमान राजनितिक अबस्था, विश्वमा भएका मजदुरहरुको अबस्था,नेपाली श्रमिक मजदुरहरुको अबस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थीती ट्रेड युनियन अधिकार, विज्ञान प्रबिधीको विकाशले नेपाल लगएत विश्व श्रमिक मजदुरहरुलाई पारेको प्रभाव दलाल पूंजीवादले श्रमिक मजदुरहरूलाई गरेको अपमानको प्रतिरोधको आवस्यकता, श्रमिकका प्रकार, विश्व मजदुर आन्दोलनको इतिहास आगामिक चुनौती लगाएतका बिषय समेटेर तयार पारिएको २६ पृष्ठ लामो राजनितिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

नेकपाका स्थायी समिति सदस्य विषम सीको प्रमुख आतिथ्यता तथा स्थायी समिति सदस्य शिलु सी, भृकुटी सी, जिवन्त सी, लगाएकता केन्द्रीय सदस्यहरुको आतिथ्यताबाट सुरु भएको वन्दसत्र बिहीवार साझसम्म चल्ने आयोजकले जनाएको छ।

महासंघ इन्चार्ज तथा नेकपाका स्थायी समिति सदस्य शिलु सीका अनुसार प्रस्तुत प्रतिवेदनमाथी समुहगत छलफल सकेर ग्रुप कमाण्डरहरुबाट आ-आफ्नो समुहको सुझाव प्रस्तुत हुनेछ र उठेका बिषयमाथी प्रतिवेदन तयार कर्ताले स्पस्टिकरण दिने कार्यतालिका रहेको छ प्रतिवेदन सर्वसम्मत पारित भएपछी बन्दसत्रको अर्को चरणमा प्रवेश हुनेछ ।
बन्दसत्रमा देशैभरका प्रतिनिधि प्रवेक्षक गरि २ सय भन्दाबढी मजदुर नेताहरुको उत्शाहजनक सहभागिता रहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।