२२ भाद्र २०८१, शनिबार

क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित

0

चितवन– नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा महासंघका निवर्तमान संयोजन श्याम सीद्वारा तयार पारिएको महासंघको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ। महासंघको आठौं राष्ट्रिय सम्मेलनमा प्रस्तुत राजनितिक तथा साङ्गठनिक प्रस्तावमाथि उठेको प्रश्न तथा सुझावलाइ निवर्तमान संयोजकले स्पष्टीकरण दिएसङ्गै सम्मेलनमा सहभागी प्रतिनिधि प्रबेक्षकहरुले सर्वसम्मत रुपमा अनुमोदन गरेका हुन् ।
प्रतिवेदनमाथी छलफल गर्न सरल होस् भनेर समूह विभाजन गरिएको थियो ।
पुर्वी कमाण्ड,मध्य कमाण्ड, पश्चिम् कमाण्ड, तथा प्रदेशको कमाण्ड गरि विभिन्न समुहमा बिभाजित भै बन्दसत्रमा सहभागी प्रतिनिधि प्रवेक्षकहरुले उत्साहपुर्ण रुपमा गरेको छलफलको निष्कर्षलाई ग्रुप कमाण्डरहरुले सुझावको रुपमा प्रस्तुत गरेका थिए । सबै समुहको कमाण्डरले आफ्नो समुहको सुझाव राखेपछि प्रतिवेदन सर्वसम्मत अनुमोदन भएको थियो।
अध्यक्ष मण्डलका अध्यक्ष पुर्ण सीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा “दलाल संसदिय व्यवस्थाको अन्त्य र श्रमिक उत्पिडनका विरुद्ध हाम्रो अभियान एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि आठौं राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ महासंघका निवर्तमान संयोजक श्याम सीद्वारा नेपालको वर्तमान राजनीतिक अवस्था, विश्वमा भएका मजदुरहरुको अवस्था,नेपाली श्रमिक मजदुरहरुको अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति ट्रेड युनियन अधिकार, विज्ञान प्रविधिको विकासले नेपाल लगएत विश्व श्रमिक मजदुरहरुलाई पारेको प्रभाव दलाल पूंजीवादले श्रमिक मजदुरहरूलाई गरेको अपमानको प्रतिरोधको आवश्यकता, श्रमिकका प्रकार, विश्व मजदुर आन्दोलनको इतिहास आगामी चुनौती लगाएतका बिषय समेटेर तयार पारिएको २६ पृष्ठ लामो राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

नेकपाका स्थायी समिति सदस्य विषम सीको प्रमुख आतिथ्यता तथा स्थायी समिति सदस्य शिलु सी, भृकुटी सी, जिवन्त सी, चितवन जिल्ला इन्चार्ज उत्सव सी, सेक्रेटरी रुद्र सी लगाएत केन्द्रीय सदस्यहरुको आतिथ्यताबाट सुरु भएको बन्दसत्र बिहीबार साँझसम्म चल्ने आयोजकले जनाएको छ।

बन्दसत्रमा देशैभरका प्रतिनिधि प्रवेक्षक गरि २ सय भन्दा बढी मजदुर नेताहरुको उत्साहजनक सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।