२३ भाद्र २०८१, आईतवार

नेपालमा मजदुर क्रान्ति सम्पन्न गर्न एकीकृत जनक्रान्ति अपरिहार्य छ : टेक सी

0

काठमाडौँ: नेपालमा मजदुर क्रान्ति सम्पन्न गर्न एकीकृत जनक्रान्ति अपरिहार्य रहेको समाजवादी ट्रेड युनियन महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष टेक सीले बताएका छन् ।
हालै चितवनको नारायणगढमा सम्पन्न संगठनको आठौं राष्ट्रिय सम्मेलनको नीति तथा कार्यक्रमलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न आयोजित कार्यक्रममा धारणा राख्दै उनलेे यस्तो बताएका हुन् ।
उनलेे १५ बुँदामा आधारित प्रस्तुत आगामी प्रस्तावलाई सार्वजनिक गरेका छन् ।
मजदुर संगठनले मजदुर शोषणदेखि पार्टीको नीति तथा कार्यक्रम अन्तर्राष्ट्रिय श्रमसंगठनले निर्देश गरेको नीति र आगामी खेल्नु पर्ने भूमिकाको विषयमा बुँदागत प्रस्ताव पेश गर्नुका साथै (IPO) को बिषयमा खण्डन समेतको बुँदा प्रस्तुत गरेको छ । साथै निर्वाचित ५ सदस्यीय पदाधिकारीसहित ७५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको संगठानिक संरचनासहित प्रस्तुत गरेको छ ।

जसमा अध्यक्ष टेक सी, उपाध्यक्ष नारायण सी, महासचिव पुर्ण सी, कोषाध्यक्ष रामचन्द्र सी, सचिवमा सृजना सीलगायतको केन्द्रीय कमिटी रहेका छन् । पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय कमिटी सदस्य जिवन्त सी, मिना सीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता टेक सीले गरेको कार्यक्रमको संचालन पुर्ण सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।