२८ फाल्गुन २०८१, बुधबार

समाजवादी ट्रेड युनियन गण्डकी प्रदेशको बैठक सम्पन्न, महासङ्घले अप्ठ्यारोमा परेका मजदुरहरुका समस्या सम्बोधन गर्नुपर्छ : शिलु

0

पोखरा । नेकपा सम्बद्ध मजदुर संगठन समाजवादी ट्रेड युनियन महासङ्घ नेपालको प्रथम गण्डकी प्रदेश बैठक पोखरामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिको रुपमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले मजदुरहरुका हकहितका विषयमा नेकपा प्रतिबद्ध रहेको र महासङ्घले अप्ठ्यारोमा परेका मजदुरहरुका समस्या सम्बोधन गर्नुपर्ने बताइन् । यस्तै पोलिट ब्युरो सदस्य आस्था सीले देश परिवर्तनमा मजदुरहरुको भूमिका निकै महत्वपूर्ण हुने बताउँदै समाजवाद ल्याउन पनि पार्टीले मजदुरको विशेष भूमिकाकाे अपेक्षा गरेको बताइन् ।
महासङ्घका प्रदेश संयोजक शिव सीको अध्यक्षतामा सम्पन्न बैठकले संगठन विस्तार, मजदुरहरूको वर्तमान अवस्था, उनीहरूको हकहितका लागि आवश्यक कार्यक्रम सञ्चालन र उत्पादन अभियानलाई निरन्तर अघि बढाउने विषयमा गम्भीर छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकमा सहभागी श्रमिक नेताहरूले मजदुर आन्दोलनलाई सशक्त बनाउन आवश्यक रणनीति तय गर्नुपर्नेमा जोड दिँदै श्रमिकहरूको अधिकार संरक्षण तथा उन्नयनका लागि संगठनात्मक सशक्तिकरण अपरिहार्य रहेको धारणा राखेका थिए ।
बैठकले मजदुरहरूको न्यूनतम ज्याला, रोजगारीको स्थायित्व, सामाजिक सुरक्षा र श्रमिकहरूको जीवनस्तर उकास्ने विविध कार्यक्रमहरू अघि बढाउने निर्णय गरेको छ । साथै, नेकपाले अघि सारेको उत्पादन अभियानलाई सघन रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।