३१ भाद्र २०८१, सोमबार

समाजवादी ट्रेड युनियनको सम्मान एवं धन्यवादज्ञापन कार्यक्रम सम्पन्न

0

चितवन/ समाजवादी ट्रेड युनियन महासंघ नेपालको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी, चितवन जिल्ला कमिटी, ट्रेड युनियन चितवन र चितवनको युवा सङ्गठनलाई सम्मान एवम् धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
नेकपाको स्थायी समिति सदस्य एव गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) को प्रमुख आतिथ्यतामा भएको कायक्रमको अध्यक्षता समाजवादी ट्रेड युनियनका अध्यक्ष टेक सीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिलुले समाजवादी ट्रेड युनियन महासंघको आठौँ सम्मेलन सम्पन्न गर्न चितवन जिल्ला पार्टी, युवा सङ्गठन र ट्रेड युनियनले निर्णायक भूमिका खेलेको भन्दै प्रसंसा गरेकी थिइन् । समग्र पार्टीले गरेको योगदान सम्झदै शिलुले युवा सङ्गठका केन्द्रीय सदस्य शिशिर लगायतका युवाहरु साथै ट्रेड युनियनका केन्द्रीय सदस्य धर्म सी लगायतका नेताहरुको विशेष भूमिकाले सम्मेलन भव्य रुपमा सम्पन्न भएको बताइन् ।
कार्यक्रममा चितवन जिल्ला सेक्रेटरी रुद्र सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य भरत सी, कार्यालय सचिव कृष्ण सी, भरतपुर महानगर इन्चार्ज शिशिर सी, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य अशोक सी, समाजवादी ट्रेड युनियनको केद्रीय सदस्य धर्म सी, लगायत नेकपाका विभिन्न कमिटीका नेताहरु, युवा सङ्गठन, समाजवादी ट्रेड युनियनका नेताहरु लगायतलाई सम्मेलन सम्पन्न गर्न अहम भुमिका खेलेको भन्दै अविर र खादाले सम्मान गरिएको थियो ।
यस्तै चितवन जिल्ला पार्टीको तर्फबाट समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष एव पदाधिकारी नेताहरुलाई सफल कार्यकालको शुभकामनासहित बधाई एवं शुभकामना व्यक्त गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।