२ कार्तिक २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री खनाल र नेकपा नेता सुशील बीच भेटवार्ता

0

काठमाडौं । नेकपा (एस) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशील सीबीच भेटवार्ता भएको छ । विहिबार साँझ दुई नेताहरु बीच डल्लु स्थित खनालको निवासमा भेटवार्ता भएको हो ।
भेटवार्तामा दुबै नेताहरुबीच पछिल्लो नेपालको समसामयिक राजनीतिक परिस्थिति, समाजवादी मोर्चा,कम्युनिस्ट एकता र ध्रुविकरण तथा राष्ट्रिय स्वाधीनताका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ ।

पछिल्लो समयमा समाजवादी मोर्चाको महत्वपूर्ण दल जनता समाजवादी पार्टीमा आएको विभाजनले एकखालको चिन्ता थपेको छ । मोर्चालाई सक्रिय बनाउन मोर्चाको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीले आफनो भूमिकालाई सक्रियताका साथ अगाडि बढाईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।