३१ भाद्र २०८१, सोमबार

मधेसमा युवा संगठनका अध्यक्षको नेतृत्वमा हस्ताक्षर संकलन, उपत्यकामा पनि व्यापक

0

काठमाडौं – युवा संगठन नेपालले देशभर सी जातिलाई कानूनी मान्यता दिनुपर्ने अभियान लिएर हस्ताक्षर संकलन गरिरहेको छ । विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा सङ्गठन नेपालले देशभर चलाएको अभियानमा हजारौं युवाले सहभागिता जनाएका छन् ।

बिहीबार संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीको नेतृत्वमा मद्येस प्रदेशको महोत्तरी र धनुषामा उत्साहका साथ हस्ताक्षर संकलन गरिएको छ । दुबै जिल्लामा गरेर १५ सय भन्दा धेरै युवा तथा विद्यार्थीले हस्ताक्षर गरेको अध्यक्ष दिने सीले बताए ।

पार्टीको सहायक संगठन युवा संगठन नेपालले उपत्यकामा पनि व्यापक हस्ताक्षर संकलन अभियान चलाएको छ । सी जातिलाई कानुनी मान्यता दिनुपर्ने भन्दै देशभर हस्ताक्षर संकलन कार्यक्रम शुरु गरेको तेस्रो दिन बिहीबार काठमाडौंको तिनकुने, चाबहिल, माछापोखरीमा हस्ताक्षर संगलन गरिएको थियो भने ललितपुरको नखिबोट र भक्तपुरमा पनि हस्ताक्षर संगलन गरिएको संगठनको केन्द्रीय सचिव अनिल सीले बताए ।

काठमाडौंमा चलेको अभियानको नेतृत्व संगठनका केन्द्रीय सचिवलय सदस्य छेम्बे सीले गरेका थिए भने ललितपुरको नेतृत्व संगठनका केन्द्रीय सदस्य कैलाश सीले गरेका थिए । अनिल सीका अनुसार हस्ताक्षर अभियान १८ गतेसम्म देशब्यापी रूपमा चल्नेछ ।

त्यस्तै, नेकपा गोर्खा गोरखा जिल्लामा पनि हस्ताक्षर संकलन अभियान जारी राखेको छ । २०८१ जेठ १५ देखि सुरु भएको अभियान गोरखाको लोकतान्त्रिक चोकमा सम्पन्न भएको सङ्गठनका जिल्ला इन्चार्ज रनबहादुर सीले बताए । तेश्रो दिनसम्म आउँदा करिब १५ सय जनाले आफ्नो अभियानमा हस्ताक्षर गरिसकेको युवा नेता राजकुमार सीले जानकारी दिए ।

अभियानमा पार्टी जिल्ला सेक्रेटरी काजी सी र अखिल (समाजवादी) का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष भीषण सी लगायतको सहभागिता रहेको थियो । संकलित हस्ताक्षर प्रधानमन्त्री पुस्पकमल दाहाललाई बुझाउने योजना रहेको युवा संगठनले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।