२६ फाल्गुन २०८१, सोमबार

श्रमिक महिला दिवसको अवसरमा पाेखरामा अ.ने.म.सङ्घ क्रान्तिकारीकाे प्रशिक्षण

0

पोखरा । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला समिति, कास्कीको आयोजनामा १५५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी पोलिट ब्युरो सदस्य आस्था सीकाे उपस्थिति थियो भने विशेष अतिथिका रूपमा महिला केन्द्रीय सदस्य सोममायाँ सीको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष मिना सीले गरेकी थिइन् भने सञ्चालन जिल्ला सचिव चन्द्रकला सीले गरेकी थिइन् ।
कार्यक्रममा महिलामाथि हुने विभेद अन्त्य, श्रमिक महिलाका अधिकार, सामाजिक न्याय, समानुपातिक प्रतिनिधित्व र महिला सशक्तीकरणका विषयमा छलफल गरिएको थियो । प्रमुख अतिथि आस्था सीले महिला आन्दोलनको ऐतिहासिक परिप्रेक्ष्यबारे प्रकाश पार्दै श्रमिक महिलाको योगदानलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
अतिथि सोममायाँ सीले महिलाहरूले राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका लागि एकजुट हुनुपर्नेमा जोड दिइन् । अध्यक्ष मिना सीले कार्यक्रमले महिलाहरूलाई सचेत बनाउँदै संगठनलाई सशक्त बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा सहभागीहरूले महिला अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्ने भन्दै दिवसको ऐतिहासिक महत्वबारे चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।