
सुर्खेत । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले चिहानमा पुगेको राजा फर्काउने मुर्खता गरे राजावादीहरुले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा युवा संगठन नेपाल कर्णाली प्रदेशले गरेको स्वागतपछि आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष दिनेश सीले चिहानमा पुगेको राजा फर्काउने मुर्खता गरे राजावादीहरुले ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् ।
उनले गणतन्त्रमा राजावादीहरुले धेरै मुर्खता गरे अहिलेको सरकारले गिरफ्तार गरी जेलमा हाल्न सक्नुपर्ने बताए ।
‘जनताले चिहानमा पुर्याएका छन्, पूर्वराजा ज्ञानेन्द्र र उनका तलुवाहरुले जनताका विरुद्ध चिहानबाट मरेको लासलाई बोक्ने कोशिस गरे नेपाली जनताहरु चुप लागेर बस्दैनन् । नेपाली युवाहरु पनि चुप्प लागेर बस्दैनन् । राजावादीहरुले धेरै ठुलो मुर्खता नगरे हुन्छ’ युुवा संगठन नेपालका अध्यक्ष दिनेश सीले भने, ‘नेपालको अग्रगामी परिवर्तन भनेको समावाजवाद हो । राजतन्त्र हुन सक्दैन । त्यसैले राजावादीहरुले मुर्खता नगर्न चेतावनी दिन्छु ।’
उनले नेपालका युवाहरुलाई स्वदेशमै रोजगारी दिने जनताको व्यवस्था चाहिएको बताउदै युवाहरुलाई वेरोजगार बनाएर विदेश पठाउने काम दलाल पुँजीवादले गरेको टिप्पणी गरे ।
अध्यक्ष दिनेशले युवाहरु सबै एकतावद्ध भएर नेपाललाई समाजवादतिर लिने बाटोमा लाग्न आग्रह गरे ।
युवा संगठन नेपाल कर्णाली प्रदेशले गरेको स्वागत कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त विकको समेत सहभागिता रहेको थियो ।
यसैबिच युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले नेकपा माओवादी केन्द्र निकट वाईसीएलका कर्णाली प्रदेश इन्चार्ज गणेश शाही लगायतको टिमसंग पनि छलफल गर्दै सबै युवाहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।