१३ चैत्र २०८१, बुधबार

युवा संगठन नेपालले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयमसेवक’ परिचालन गर्ने

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सहायक युवा संगठन नेपालले समाजवादी मोर्चाको तर्फबाट यहि चैत्र १५ गते काठमाडौँमा हुने विशाल जनप्रदर्शनमा ‘स्वयमसेवक’ परिचालन गर्ने भएको छ ।
युवा संगठन नेपालको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका इन्चार्ज तथा सिसिएमहरुको सोमबार बसेको बैठकले प्रतिगमनविरुद्ध हुने जनप्रदर्शनमा ‘स्वयमसेवक’ परिचालन गर्ने निर्णय गरेको हो ।
संगठनले जनप्रदर्शनका क्रममा मासलाई व्यवस्थित गर्न र मासमा हुनसक्ने प्रतिगामीहरुको घुसपैठलाई नियन्त्रण गर्न युवाहरु ‘स्वयम सेवक’को रुपमा परिचालन गर्ने बताएको छ ।
बैठकले जनप्रदर्शनको व्यापक तयारी गर्ने र युवाहरुको व्यापक परिचालन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय सचिव अनिल सीले जानकारी दिए ।
बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष दिनेशले पछिल्लो राष्ट्रिय राजनीतिमा गम्भिर र पेचिलो परिस्थिति बनेको बताउदै विदेशीहरुको चलखेल बढेकाले समाजवादी मोर्चाले चैत्र १५ गते गर्ने प्रदर्शन भव्य गर्ने बताए ।
समाजवादी युवा मोर्चाका संयोजक समेत रहेका अध्यक्ष दिनेशले नेपालमा कुनैपनि हालतमा प्रतिगमनको ठाउँ नभएको ठोकुवा गर्दै यदि चिहानको मुर्दा उठाउन खोजे संगठनले कडा प्रतिरोध गर्ने चेतावनी दिए ।
युवा संगठन नेपाल केन्द्रिय सचिव तथा बाग्मती प्रदेशका इन्चार्ज अनिल सीको अध्यक्षता तथा संचालनमा बैठक बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।