२३ भाद्र २०८१, आईतवार

बझाङले बगाएको रगतले क्रान्ति सफल पार्ने भूमिका खेल्नेछ : भरत सी

0

बझाङ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले जनयुद्ध र पछिल्लो एकीकृत जनक्रान्तिमा बझाङले बगाएको रगतले समाजवादी क्रान्ति सफल पार्नेमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी बझाङले जिल्लाको चयनपुरमा बुधबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भरत सीले समाजवादी क्रान्ति सफल पार्न बझाङ जिल्लाले क्रान्तिमा बगाएको रगतले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
उनले भने ‘एकीकृत जनक्रान्तिमा सबैभन्दा बढी रगत बझाङले बगाएकोले क्रान्ति सफल पार्ने विशेष भूमिका निर्वाह गर्ने विश्वास गर्न सकिन्छ ।’
नेता भरतले जयपृथ्वी बहादुर सिंहको चर्चा गर्दै उनको मानवतावादले समाजवाद हुदै साम्यवादसम्म मात्रै सार्थकता पाउने बताए ।
उनले नेपालमा पछिल्लो समय राजनीतिक, आर्थिक तथा वैदेशिक हस्तक्षेपको संकट बढिरहेको टिप्पणी गर्दै यसको वैज्ञानिक निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरे । उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको नयाँ योजनामा सक्रियताका साथ लाग्न निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।