३१ भाद्र २०८१, सोमबार

राजनीतिक अस्थिरताको कारण अमेरिकी हस्तक्षेप र नेपाली सत्ता संकट हो : भरत सी

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले अमेरिकी हस्तक्षेप र नेपाली सत्ता संकटको कारण नै वर्तमान अस्थिरता बढेको बताएका छन् । उनले बिहीबार नेकपा कञ्चनपुरको आठौँ बैठकमा सो कुरा बताएका हुन् ।

उनले बंगलादेशको उदाहरण दिँदै त्यहाँ पनि बाहिरी रुपमा जनताले निरङ्कुश सत्ता ढालेको देखिएतापनि भित्री अन्तर्य भने अमेरिकाको खेल रहेको बताएका छन् ।

अमेरिका नेपालमा एमसीसीमार्फत नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त गर्ने र अर्को चीनको उदयतालाई रोक्ने दुई उद्देश्यले आएको उनको भनाइ छ । अमेरिकी हस्तक्षेप नेपाली जनताको मुख्य अन्तरविरोध हो भनेर पार्टीले अगाडि नै निकालेको निष्कर्ष पछिल्ला घटनाक्रमले सावित भएको उनले बताए ।

नेपालको सन्दर्भमा वर्तमान परिवेशमा राष्ट्रिय रूपमा विद्यमान रहेको जनताको निराशालाई चिर्ने काम नेकपाले गरिरहेको नेकपा नेता भरतले भने,’पार्टीले गरेको संश्लेषण सही साबित भएको र पार्टीप्रति जनआकर्षण बढेको छ ।’
त्यसै अनुरूप पार्टीले आगामी चुनावलाई नयाँ तरिकाले प्रयोग गर्ने नीति लिइएको उनको भनाइ छ ।

समाजवादको स्थापना गर्न र जनताको हितमा काम गर्न विचार मिल्ने पार्टीसँग एकता गर्ने वस्तुगत आवश्यकता रहेको नेता भरतले बताए ।

बिहीबार कन्चनपुरमा जिल्ला सचिव दिवार सीको अध्यक्षतामा बसेको जिल्ला पार्टीको बैठकले अन्तरकृया कार्यक्रम गर्ने, संगठन सुदृढीकरण गर्ने, जिल्ला पार्टीका सदस्यहरूलाई आय आर्जनसंग जोड्ने लगायतका विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।