३ आश्विन २०८१, बिहीबार

सञ्जाल झापाका अध्यक्ष खनाललाई नेकपा झापाको कारबाहीको चेतावनी

0

झापा । नेपाल कम्युनिस्ट पार्टी र विद्यार्थी संगठन अखिल (समाजवादी) झापाले मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनाललाई कारबाहीको चेतावनी दिएको छ । आज ‘चन्दा आतंकविरुद्ध कारबाहीको माग’ शिर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उक्त कुराको खण्डन गर्दै गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका झापा सचिव सञ्जय सी र विद्यार्थी संगठनका झापा इन्चार्ज विनोद सीले प्रेस वक्तव्य जारी गर्दै मानवअधिकार संजाल झापाका अध्यक्ष डा. रुपक खनालको विज्ञप्ति र प्रकाशित समाचारको खण्डन गरेका छन् । पार्टी र विद्यार्थी संगठन विरुद्ध भ्रम फैलाउने षड्यन्त्र गर्ने, युवा विद्यार्थीको अभियान रोक्ने र कारबाहीको माग गर्ने कार्य गरेको भन्दै डाक्टर खनाललाई चेतावनी दिएका हुन् ।

नेकपाले यस्ता लज्जास्पद हर्कत रोकेर माफी नमागे अधिकारकर्मीको कथित आवरण उतारेर असली अनुहार जनतामा देखाइदिने समेत चेतावनी दिएको छ ।

झापामा विद्यार्थी संगठन ‘शिक्षालय सुधार अभियान’ संचालन गरेर हरेक विद्यार्थीमा पुग्दै गरेको र विद्यार्थीको अधिकारको विषयमा संघर्ष गर्दै गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले राष्ट्रघात र जनघातविरुद्ध बलिदानी पूर्ण संघर्ष गर्दै गरेको अवगत गराएको छ । भर्खरै पनि झापामा विद्यार्थी माथी निर्घात कुटपिट, बलात्कार लगायत जनताकै जीवनको दर्दनाक समाचारहरु आइरहेको विषयमा नबोल्ने डा. रुपक खनाल जब जब युवा विद्यार्थी जनतामा जान्छन् तब त्यसका विरुद्ध बोल्ने गरेको र उनी परिचालित भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।