३ आश्विन २०८१, बिहीबार

वैदेशिक हस्तक्षेप बढ्दै गइरहेकाले पार्टीको जिम्मेवारी बढेको छ : विप्लव सी

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वैदेशिक हस्तक्षेप र वर्गसंघर्ष एवम् जातीय उत्पीडन बढ्दै गइरहेकोले पार्टीको जिम्मेवारी बढिरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालय सदस्यहरुको जुम बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले आज सो कुरा बताएका हुन् ।

धर्म, राजनीति, एनजीओ, अनुदान लगायतको माध्यमबाट अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो हस्तक्षेप बढाउँदै गएको कुरा उनले स्पष्ट पारे । ओली सरकारकै पालामा सबै क्षेत्रलाई प्रभावमा पारेर एसपीपी पास गर्ने योजनामा अमेरिकी साम्राज्यवाद लागि परिरहेको समेत उनले बताए ।

त्यसैगरी उत्पीडित वर्ग, समुदायमाथि नयाँनयाँ तरिकाले उत्पीडन भइरहेको हुँदा त्यसका विरुद्ध सशक्त संघर्षमा जुट्न समेत उनले सबैलाई आग्रह गरे ।

बैठकले मोर्चाको छैठौं पूर्ण बैठकले ठोस गरेका आवधिक योजनाहरुलाई थप कार्यान्वयनका निम्ति जोड गर्ने निर्णय गरेको छ । एनजीओ र अभियान्ताहरुले उत्पीडित वर्ग, समुदाय माथी पारेको भ्रम चिर्नका निम्ति संघर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।

उत्पीडित वर्ग, समुदायको अधिकार हनन गर्ने गरि भएका पछिल्ला हर्कत विरुद्ध एकल र संयुक्त छलफल, अन्तरक्रिया र संघर्ष गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठक मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षता र सचिवालय सदस्यहरुको सहभागितामा सम्पन्न भयो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।