८ बैशाख २०८१, शनिबार

श्रमिक समुदाय मोर्चा नेपालको बैठक धरानमा जारी

1

सुनसरी /श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम गरिरहेका छन् ।

नेकपा निकट मोर्चाले जारी बैठकबाट छुवाछूत र विभेद विरुद्ध संघर्षका महत्त्वपूर्ण निर्णयहरु गर्ने अनुमान गरिएको छ । बैठकका प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य दिपेश सीले बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

बैठकलाई मोर्चाका महासचिव त्रिलोचन सीले सञ्चालन गरेका छन् भने बैठक आगामी फाल्गुन ४ गते सम्पन्न हुने कुरा मोर्चाका केन्द्रीय सचिव उमेश सी. ले बताए ।

बैठकबाट मोर्चा सम्बद्ध नेताहरुको कार्यविभाजन र जिम्मेवारीहरु हेरफेर हुने समेत बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “श्रमिक समुदाय मोर्चा नेपालको बैठक धरानमा जारी

  1. बैठकले तार्किक निष्कर्ष निकालोस र निर्णय गरोस कि जसले आगामी दिनमा नवराज र अजित मिजारको जस्तो समस्या मात्र होइन, आम श्रमिक समुदायक्क समग्र समस्यालाई सम्बोधन गर्ने र समाधान गर्ने योजना बनाउन पनि सफल होस । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।