१४ बैशाख २०८१, शुक्रबार

जनयुद्ध दिवसमा अछाममा वृक्षारोपण

0

खेमराज बुढा

अछाम /नेपाल कम्युनिस्ट पार्टी अछामले जनयुद्ध दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ।कमलबजार नगरपालिका वडा नम्बर ८ ढाकुमा अवस्थित श्री जाल्पादेवी माध्यमिक विद्यालयमा २८ औँ जनयुद्ध दिवसको अवसरमा वृक्षारोपण गरिएको हो।

सोमबार विद्यालयको हाता वरिपरि ओखरका करिब ५० वटा बिरुवा रोपिए लगत्तै भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सीले वर्तमान अवस्थामा नेपालमा दलाल पुजिबादले हैकम लादेर दलालहरूको दलदलामा देश फसिरहेको भन्दै जनयुद्धका सहिदको रगत -पसिनालाई अपमान हुन नदिन पार्टी सचेत रहेको बताउनुभयो ।राष्टलाई बचाउन र हरेक नागरिकको चेतनाको विकास गर्न पार्टी प्रतिबद्ध रहने प्रतिबद्धता समेत केन्द्रिय सदस्य मिना सीले जनाउनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि सदस्य तथा पश्चिम अछाम जिल्ला सचिव निरक सीले जनयुद्धले अगाडि सारेका मुद्धा पुरा नभएको बताउदै एकीकृत जनक्रान्तिका माध्यमबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाल कम्युनिस्ट पार्टी अगाडि बढिरहेको बताए।

पार्टीले समाजमा जहिले पनि सृजनशील कार्य गदै आएको बताउँदै आगामी दिनहरूमा पनि उक्त कार्य गदै जाने धारणा उहाँले राख्नुभयो ।जाल्पा माध्यामिक विद्यालयमा गरिएको वृक्षारोपणलाई सहिद स्मृतिको रूपमा विकास गर्ने समेत उहाँले बताउनुभएको छ ।

वृक्षारोपण कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सचिव तपेन्द्र सी, तुर्माखाद गाउँपालिका इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य तिलक सी, कमलबजार इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य पदम सी ,जाल्पा माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र खड्का, पत्रकार निराजन भण्डारी ,समाजसेवी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रीय प्रतिनिधि सदस्य तथा पुर्वी अछाम जिल्ला सचिव लोकेन्द्र सिले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।