
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ललितपुर स्थित आफ्नाे निवासमा ५ गते बिहान नेता इन्द्रदेव यादवलाई स्वागत तथा अभिनन्दन गरेका छन् ।
यादव केहीदिन अघिमात्र नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।
धनुषा निवासी यादव जनयुद्धकालिन माओवादी कार्यकर्ता र माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । भेटघाटका क्रममा नेताहरूबीच समसामयिक विषयमा छलफल गरेका थिए ।
यादवले मधेश प्रदेशलाई लाल मधेश बनाउने प्रतिबद्धता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्