३१ भाद्र २०८१, सोमबार

प्रवासी नेपाली जनसमाज दिल्लीद्वारा आयोजित भलिबल प्रतियोगिता समापन 

0

नयाँ दिल्ली/ प्रवासी नेपाली जनसमाज भारत पश्चिम दिल्ली नगर समितिकाे आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। १५, अगस्तमा मादिपुर शिव मन्दिर मछली पार्कमा उद्घाटन भएको भलिबल प्रतियोगिता सम्पन्न भएको हो । राजेन्द्र सीको सञ्चालन र प्रेम सीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दामोदर सी प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरूमा बिपना सी, बाबुराम सी, मीना सी, बाबुराम विक, मंगल बाजुरेली लगायत रहेका थिए । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दामोदर सीले प्रवासी नेपाली जनसमाज भारत श्रमजीवि नेपालीहरूको आशा र भरोसाको केन्द्र रहेको बताउँदै भारतमा बस्ने सम्पूर्ण नेपालीलाई संगठनमा आबद्ध हुन आव्हान गरे । दलाल पूँजिवादले जनताका अधिकार सुनिश्चित हुन नदिने उल्लेख गर्दै त्यसका विरुद्ध संघर्ष गर्न आवश्यक रहेको बताए । स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउँदै सम्पूर्ण खेलाडी र खेल सफलताको शुभकामनासमेत व्यक्त गरेका थिए । 

आठवटा टिम सहभागी भलिबल प्रतियोगितामा त्रिवेणी नगरपालिका खिरपाटा बाजुरा प्रथम, रकस्टोन जयपृथ्वी नगरपालिका पडेस बझाङ दोस्रो र बाजुरा मानाकोट दिल्ली रानिबाग तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । विजयी टिमलाई ट्रफी र पुरस्कारसहित सम्मान गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।