३ आश्विन २०८१, बिहीबार

रोल्पाका विभिन्न स्थानमा एमसीसीविरुद्ध नेकपाको प्रदर्शन

0

रोल्पा ।  नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्लाका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । यसरी विरोध प्रदर्शनमा नाराजुलुससँगै कोणसभाहरु भएका छन् ।

एमसीसीविरुद्ध संघर्षको कार्यक्रम अन्तर्गत नेकपा लुम्बिनी प्रदेश स्तरीय कार्यक्रम भएको रोल्पा जिल्ला सेक्रेटरी तथा केन्द्रिय प्रतिनिधि सदस्य सन्दिप सीले जानकारी दिए । रोल्पा जिल्लामा परिवर्तन गाउँपालिकाको बागमारा, गंगादेव गाउँपालिकाको पाथिहाल्न, माडी गाउँपालिकाको घर्तीगाउँ, त्रिबेणी गाउँपालिकाको जुँगार, रोल्पा नगरपालिकाको लिवाङ र सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा प्रदर्शन भएका छन् ।

परिवर्तनको बागमारामा भएको प्रदर्शनलाई पोलिटब्युरो सदस्य आदर्श सीले सम्बोधन गरेका थिए भने गंगादेवको पाथिहाल्नमा केन्द्रिय सदस्य आक्रोश सी र केन्द्रिय प्रतिनिधि अपिल सी, माडीको घर्तीगाउँमा जिल्ला सेक्रेटरी तथा केन्द्रिय प्रतिनिधि सन्दिप सी, त्रिबेणीको जुँगारमा केन्द्रीय सदस्य अजय सी, रोल्पाको लिवाङमा केन्द्रिय सदस्य जागृति सी र सुनिल स्मृतिको सुलिचौरमा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज असिना सी र केन्द्रिय प्रतिनिधि सदस्य पोस्टमान सी लगायतले सम्बोधन गरेका थिए ।

रोल्पा जिल्लाभरि भएका प्रदर्शनहरुमा करिव ५ सय जनमानसको उपस्थित रहेको सेक्रेटरी सन्दिप सीले जानकारी दिएका छन् ।

विभिन्न स्थानमा भएको प्रदर्शनहरुलाई सम्बोधन गर्दै अमेरिकी एमसीसी लागु गर्न काठमान्डौको दरबार मार्गमा ८ हजार अमेरिकी शैनिक लुकाउन अन्डर ग्राउण्ड निर्माण भैरहेको नेकपाले जनाएको छ । उक्त अन्डर ग्राउण्ड खन्ने कार्य मध्ये रातको समयमा भैरहेको समेत दावी गरेको छ । 

एमसीसी परियोजना लागु गर्न नदिन नेकपाले संघर्षका कार्यक्रमहरु चरण बद्ध ढंगले लागु गर्ने जनाईएको छ।एमसीसी बिरुद्धको प्रदर्शन कार्यक्रम लुम्बिनी प्रदेश भरि भएको नेकपाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।