रोल्पा । नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाको चौथो आवाधिक योजनाको प्रथम पूर्ण बैठक लिबाङमा सम्पन्न भएको छ । बैठक उद्योग वाणिज्य संघको हलमा माघ ८ गते मंगलबार सम्पन्न भएको हो ।
जिल्ला समितिको बैठकमा नेकपा स्थायी कमिटी सदस्य सन्तोष बुढाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि रहेका बुढाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई उत्पादनमा जोड दिन निर्देशन दिएका थिए । सामुहिक उत्पादनले पार्टी तथा नेता कार्यकर्ताहरुलाई आत्मनिर्भर बनाउने बताएको नेकपा रोल्पाले जनाएको छ ।
जिल्ला सेक्रेटरी पृथ्वी सीको सन्चालनमा सम्पन्न बैठकले विभिन्न राजनीतिक निर्णयहरु गरेको छ ।
बैठकमा नेकपाका केन्द्रिय सदस्य, केन्द्रिय प्रतिनिधि सदस्यहरु र जिल्ला समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्