धनगढी। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश भएको बताएका छन् । मंगलबार कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरिय वैचारिक, राजनैतिक प्रशिक्षण कार्यक्रम्मा बोल्दै महासचिव विप्लव सीले यस्तो बताएका हुन् । सुदूरपश्चिम प्रदेशले भिमदत्त पन्तदेखि जनयुद्ध र एकिकृत जनक्रान्तिका लागि थुप्रै विद्रोहीहरु जन्माएको छ । महान सहिदहरुको रगतले सिञ्चित सुदूरपश्चिम प्रदेशमा अझै थुप्रै विद्रोहीहरु जन्मदै छन् उनले भने । देश अझै स्वाधीन बन्न नसकेको बताउँदै महासचिव विप्लवले राष्ट्रिय स्वाधीनता र जनताका पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । देश साम्राज्यवादीहरुको अखडा बन्न सक्ने खतरा मडारिएको बताउँदै उनले देशलाई स्वाधीन र नेपाली जनतालाई आत्मनिर्भर बनाउन साम्राज्यवादीहरुसंग लड्दै आएको बताए । साम्राज्यवाद र दलाल पूजीवादका विरुद्ध आन्दोलन गर्दै समाजवादका लागि पार्टी र नेता कार्यकर्ताहरु जिम्मेवार बन्नु पर्ने बताउँदै महासचिव विप्लवले समाजवादका लागि श्रमिक जनसमुदाय एकजुट हुनु पर्ने बताए । जनताको काखमा बास गर्ने पार्टी र आमाको काखमा बास गर्ने सन्तान कहिल्यै नहार्ने बताउँदै उनले कम्युनिष्टहरुले जनताको काखमा बास गर्न सक्नु पर्ने बताए । महासचिव विप्लवले समाजवाद सत्तामा नभए पनि अवशेष देखिने गरेको बताउँदै दलाल पूजीवाद सत्तामा हावी भएकाले त्यसका विरुद्ध संघर्ष आवश्यक भएको बताए । दलाल पूजीवाद नेपाली जनताको पक्षमा नभएको बताउँदै महासचिव विप्लवले समाजवादका लागि संघर्ष गर्नु पर्ने बताए । देशमा सबै समाजवादी बन्दै गएको बताउँदै उनले जनतालाई समाजवादबारे बुझाउँदै जानु पर्ने बताए । जनताका समस्याका विषयमा नेपाल कम्युनिष्ट पार्टी सधै अग्र स्थानमा रहेको बताउँदै महासचिव विप्लवले सुकुम्बासीहरुका घर भत्काउनेदेखि राष्ट्रका हित विपरित गरिने सबैखाले सन्धी सम्झौताका विरुद्ध आवाज उठाउदै आएको बताए । आत्मनिर्भरता, स्वाधीनता र सम्पन्नताका लागि पार्टी उत्पादनमा जोडिएको बताउँदै महासचिव विप्लवले ठुलो आँधीबेहरी आए पनि थेग्न सक्नेगरी पार्टी बलियो बनेको बताए । पार्टीले आफ्नै उत्पादन व्यापार व्यवसाय उद्योग चलाउदै आएको बताउँदै उनले माघ १४ गते काठमाडौँमा सी व्यापार केन्द्रको उद्घाटन गर्ने बताए । देश बलियो बन्न सकेन भने व्यक्ति जति बलियो भए पनि अर्थ नराख्ने बताउँदै उनले देश बलियो बनाउन उत्पादन र उद्योग धन्दाको विकास गरिनु पर्ने बताए । पार्टीले नयाँ संस्कृति सी संस्कृतिको विकास गर्दै गएको बताउँदै उनले कम्युनिष्ट देशहरुमा यसको चर्चा चुलिदै गएको बताए । साँस्कृतिक संघर्षमा जित्न नसके राजनैतिक संघर्ष जित्नुको अर्थ नहुने बताउँदै महासचिव विप्लवले संस्कृतिको विकास गर्दै अगाडि बढ्नु पर्ने बताए ।
संसारका कुनैपनि युद्धहरु कम्युनिष्टका कारण नभई पूजीवादका कारण भएको बताउँदै महासचिव विप्लवले सच्चा कम्युनिष्टहरुले एकजुट हुनु पर्ने बताए । उनले नेपाल कम्युनिष्ट पार्टी आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक र संगठनात्मक रुपमा सबै भन्दा अगाडि भएको बताउदै नेता कार्यकर्ताहरुले जनताका बिचमा रहेर जनताका कामहरु गर्नु पर्ने बताए । ८४ मा हुने निर्वाचनमा सबै क्षेत्रबाट उम्मेद्वारी दिएर निर्वाचजानमा जाने पार्टीले निर्णय गरेको बताउदै उनले बिचको समय जनताका लागि खर्च गर्नु पर्ने बताए ।
पार्टीका स्थायी समिति सदस्य रणवीर सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य समरले गरेका थिए भने उपस्थित नेता कार्यकर्ताहरुलाई स्वागत पोलिट ब्युरो सदस्य विकल्प सीले गरेका थिए । पार्टीका पोलिट ब्युरो सदस्य असल सीले सम्बोधन गरेका थिए । स्थायी समिति सदस्य रणविरले रचना र सृजनाको माध्यमबाट एकिकृत जनक्रान्तिलाई सम्पन्न गर्नु पर्ने बताउदै सकिदै गएको कम्युनिष्टलाई नेकपाले बचाउनु पर्ने जिम्मेवारी थपिएको बताए । उनले सुदूरपश्चिम क्रान्तिको उर्वरभूमि भएको बताउँदै अझै मलजल गरी क्रान्तिकारीहरु जन्माउन असल कार्यहरु गर्दै जानु पर्ने बताए । त्यसैगरी कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक दर्जन नेता कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् ।
नवप्रवेशी डाेटी दीपायल शिलगढी नगरपालिकाका पूर्व उपमेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य प्रेम बहादुर शाहले देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी विप्लव नेतृत्वको नेकपा भएकाले जनताको सेवा गर्न नेकपा प्रवेश गरेको बताए ।