३ आश्विन २०८१, बिहीबार

नेकपा रोल्पाले विवादित जग्गामा गाड्यो झण्डा

0

रोल्पा । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले हरिभक्त खड्काको विवादित जग्गामा झण्डा गाडेको छ । रोल्पाको त्रिबेणी गाउँपालिका ६, मजुवा गाउँमा रहेको उक्त जग्गामा नेकपा रोल्पाले बृहत प्रदर्शनसहित २१ गते सोमबार झण्डा गाडेको हो ।

बृहत नाराजुलुस प्रदर्शनमा रोल्पा जिल्लाभरिबाट सयौं पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त प्रदर्शनलाई नेकपा पोलिटब्युरो सदस्य आदर्श सीले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै आदर्श सीले उक्त विवादित जग्गा नेकपाको रहेको दाबी गरेका थिए ।

त्यसैगरी नेकपा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज असिना सीले मन्तव्यको क्रममा नेकपाले २७ बर्ष देखि भोगचलन गर्दै आएकोले अब पनि नेकपाकै हक रहेको बताएकी थिइन् । विरोध प्रदर्शनको कोण सभालाई नेकपा केन्द्रिय प्रतिनिधि तथा रोल्पा जिल्ला सेक्रेटरी सन्दिप सीले संचालन गरेका थिए ।

प्रदर्शन कार्यक्रममा नेकपा केन्द्रिय सदस्य जागृति सी, केन्द्रिय सदस्य आक्रोस सी, केन्द्रिय प्रतिनिधि सदस्य, पोस्टमान सी, केन्द्रिय प्रतिनिधि सदस्य अपिल सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।  

२७ बर्ष देखि नेकपा रोल्पाले भोगचलन गर्दै आएको विवादित जग्गालाई बिचौलियाहरुले विवाद समाधान भएको भन्दै अपचलन गर्न खोजेपछि नेकपा रोल्पाले जग्गामा झण्डा गाडेको जनाएको छ ।

रोल्पाको त्रिबेणी गाउँपालिका ६ स्थित हरिभक्त खड्का र बलजित पुन बिचको जग्गा विवाद भएपछि विगत २७ वर्षदेखि रोल्पा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको जग्गालाई केहि बिचौलियाहरुले मुद्दा मिलिसकेको भनेपछि नेकपा रोल्पाले ध्यानाकर्षण गरेको छ ।

त्रिबेणी ६ मुजुवामा गाउँमा रहेको हरिभक्त खड्काको विवादित जग्गामा झण्डा गाड्दै पूर्णरुपले नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको जनाएको छ । २७ वर्षसम्म नेपाल कम्युनिस्ट पार्टी रोल्पाले भोगचलन गरेको आधारमा जग्गाको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीकै हक रहेको दाबी समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।