३१ भाद्र २०८१, सोमबार

नेकपा गण्डकीले लगाएको काक्रा उत्पादन र बिक्री सुरु

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कार्यालयले लगाएको बेली जातका काक्राले आफ्नो उत्पादन दिन सुरु गरेको छ ।
पोखरा उपमहानगरपालिका वडा नम्बर १४ छिनेडाडास्थित नेकपाले आफ्नो पार्टी कार्यालय परिसरको झण्डै ३ रोपनी जग्गामा लगाएको काक्रा फल्न सुरु भएका हुन् । सोमबार झण्डै १० किलो काक्रा बजारमा पठाइसकिएको छ भने अब उत्पादनको आधारमा दैनिक बजार क्षेत्रमा बिक्रीको लागी पठाइने र आवश्यकलाई उत्पादन क्षेत्र पार्टी कार्यालयबाटै पनि बिक्री गरिने बताइएको छ ।
बाहिर बजारमा रहेको बजार मूल्यभन्दा सस्तोमा काक्रा बजारमा पठाइने जनाइएको छ । यो उत्पादनको पहिलो चरण भएकोले यस्को उत्पादन र बजारको मागको आधार बुझेर उत्पादन बृद्दी गर्दै लैजाने नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सीले बताइन् । उनका अनुसार उत्पादनले पार्टीलाई आत्मनिर्भरतासग जोड्दै बजारमा कृषकहरुको अवस्थाबारे पनि बुझ्न सहज हुने बताइन् ।

गण्डकी प्रदेश कार्यालयले आफ्नो उत्पादनलाई पार्टीको नीतिबमोजिम लागू गरिरहेको छ । तनहुँको बन्दीपुरमा जिल्ला पार्टीसँगको सहकार्यमा २२ रोपनी क्षेत्रफलमा धान रोपाई गरेको छ भने कार्यालयले आफ्नो पार्टी कार्यालय परिसर पोखरा उपमहानगरपालिका १४ छिनेडाडामा १३ रोपनी भन्दा धेरै क्षेत्रफललाई आफ्नो उत्पादनमा लगाएको छ । झण्डै ५ रोपनी क्षेत्रफलमा धान रोपेको नेकपाले झण्डै ३ रोपनी क्षेत्रफलमा बेली जातका काक्रा लगाएको छ । काक्रा लगाएर बाँकी रहेको सोही क्षेत्रमा मनकामना, रायो लगायतका सागहरु पनि रोपिएको छ ।
तरकारी खेतीको लागी टनेल निर्माण गरी हरियो धनिया लगाएको छ भने ड्याङ्ग बनाउदै बोडी, सिमी, काउली र ब्रोकाउली लगायतका तरकारीहरुक पनि लगाइसकेको छ । तिहारको लागी सयपत्री फूलका बिरुवा झण्डै १००० बिरुवाहरुको बिउ तयारी भैरहेको छ ।
यता अकबरे खुर्सानी लगायतका बेर्नाहरु पनि तयार हुँदैछन् । यस्तै नेकपाले आफ्नो खेतमा १० वटा बिरुवा शित्तलचिनी, कागती २५ बोट लगाइसकेको छ भने केही परिणाम अझै बढाउदै लैजाने तयारी छ । पोखरा जस्तो पर्यटकीय र महङ्गो सहरमा तरकारी लगाएका फलफूलहरु उत्पादनले सजिलै बजार पाउँछ । यता नेकपाले पनि टनेल र ड्याङ्ग निर्माण गर्दै तरकारी उत्पादनलाई प्राथमिकतामा गरिरहेको छ ।

नेकपाले हाइटेक टनेल निर्माणको लागी पनि तयारी गरिरहेको छ । यस्तै प्रदेशका सबै जिल्लाले आफ्नो अनुकूलतामा धान, फलफूल, जडिबुटी, तरकारीजन्य लगायतका उत्पादन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।