३१ जेष्ठ २०८२, शनिबार

बुढीगण्डकी प्रभावितहरुको व्यवस्थापनको माग गर्दै नेकपा गोरखाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0

गोरखा । नेपाल कम्युनिस्ट पार्टी गोरखा अन्तर्गत आरुघाट गाउँपालिका समितिले बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित गरिब, किसान, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको उचित व्यवस्थापनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री समक्ष पठाइएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले पीडितहरुको मागप्रति सहानुभूति प्रकट गर्दै सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज कपिल सी, जिल्ला सेक्रेटरी काजी सी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । बुढीगण्डकी परियोजनाबाट विस्थापित जनताको नेतृत्व नेकपा आरुघाट गाउँपालिका सेक्रेटरी ताराबहादुर सीकार्यक्रममा बोल्दै नेकपा नेताहरूले राजनीतिक दलको कारण नभई सरकारको उदासीनताका कारण गरिब जनता पीडित बन्नुपरेको जनाउँदै, तत्काल उचित मौआव्जाको व्यवस्था गरिनुपर्ने माग राखे । उनीहरूले अव्यवस्थित रुपमा विस्थापित गरिएका जनताको पुनःस्थापना र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।