
पोखरा – नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश कार्यालयले पोखरा महानगरपालिका–१३, छिनेडाडास्थित आफ्नै कार्यालय परिसरमा हिउँदे धान रोपेको छ् ।
उत्पादनमुखी अभियानको थालनी गरेको पार्टीले प्रदेशका नेता एवं कार्यकर्ताहरूको सहभागितामा मकै पनि खनिएको छ । हाल काक्रालगायत नगदे बालीहरू प्रदेश कार्यालय परिसरमा उत्पादन भैरहेको छ ।
प्रदेश इन्चार्ज तथा नेकपाका स्थायी समिति सदस्य शिलु सीका अनुसार समाजवादको बहस चलिरहेको वर्तमान अवस्थामा उत्पादन प्रणालीको व्यवहारिक अभ्यासमार्फत उदाहरण प्रस्तुत गर्न पार्टीले उत्पादनमा जोड दिएको हो ।
“नेकपा निरन्तर उत्पादनमा छ, पार्टी र कार्यकर्ता आत्मनिर्भर बन्दैछन्,” शिलु सीले भनिन् ।
धान रोप्ने कार्यक्रममा नेकपाका प्रदेश इन्चार्जसहित पोलिट्ब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू तथा विभिन्न तहका नेता र कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नेकपाले उत्पादनलाई राजनीतिक गतिविधिसँगै जोड्दै समाजवादको आधारशिला स्वयं उत्पादन हो भन्ने सन्देश दिन चाहेको बताइएको छ ।