२५ फाल्गुन २०८१, आईतवार

नेकपा गण्डकी निरन्तर उत्पादनमा: कृषि उत्पादनसङ्गै हार्पिक फिनेल बिक्री गर्दै

0

पोखरा । नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशले आफ्नो उत्पादन अभियानलाई निरन्तरता दिँदै हिउँदे धान खेती, मकै रोपाइँ तथा व्यवसायिक रूपमा हार्पिक र फिनेल बिक्री गर्दै आएको छ ।
नेकपा गण्डकी प्रदेशले आफ्नै कार्यालय परिसरमा यसअघि आलु उत्पादन गरेपछि अहिले विभिन्न खाद्य बालीसङ्गै मकै रोप्ने कार्य सम्पन्न गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले केन्द्रीय कार्यक्रम अनुसार उत्पादनलाई निरन्तरता दिइएको बताएकी छन् ।
यसैक्रममा हिउँदे धान खेतीका लागि ब्याड राख्ने कार्य भइरहेको छ भने धनिया र गाजर उत्पादनको काम समेत अगाडि बढाइएको छ । प्याज गोडि सकिएको छ भने खुर्सानी पनि लगाइएको छ । पार्टीले यसअघि झन्डै ७० क्विन्टल आलु उत्पादन गरी बिक्री गरिसकेको छ ।
संगठनलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित नेकपाले उत्पादन विभाग गठन गरी निरन्तर कृषिका विविध गतिविधिहरू सञ्चालन गरिरहेको छ । कृषि उत्पादनसँगै, नेकपा गण्डकीले विभिन्न संघसंस्था, विद्यालय तथा कलेजहरूमा हार्पिक र फिनेल बिक्री गरेर आर्थिक उपार्जन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।