२५ फाल्गुन २०८१, आईतवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई उत्सवका रुपमा लिएका छौँ : राजकुमारी सी

0

अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय महासचिव राजकुमारी सीले अन्तर्राष्ट्रिय महिला दिवसलाई उत्सवका रुपमा लिएको बताएकी छिन् । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार अत्तरियामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । दश वर्षे महान जनयुद्धले चुलो चौकोमा सिमित महिलाहरुलाई देशको राष्ट्रपतिदेखि सभामुखसम्म बनाएको बताउदै उनले ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाई रहदा पनि महिलाहरु सुरक्षित हुन नसकेको बताइन् । घरको काममा सिमित महिलाहरुलाई आवाज बुलन्द गर्ने सहास र अठोट्का साथ जनयद्ध सुरु भएको बताउदै उनले भएका परिवर्तनहरुलाई पनि उल्ट्याउने काम हुँदै आएको बताइन् । महिलाहरुलाई कुकुर मारे जस्तै मार्दा पनि राज्य मौन रहेको बताउदै उनले निर्मला पन्तका हत्याराहरुलाई राज्यले कानुनी दायरामा ल्याउन नसकेको बताइन् । महिलाहरुले आफ्नो अधिकारको लागि बोल्दै गर्दा असुरक्षित हुनु परेको बताउदै उनले दाइजोको नाममा, छाउपडीकाे नाममा महिलाहरुले मर्नु परेको बताइन् । यस्ता थुप्रै समस्याहरुले विकराल रुप लिएको बताउदै उनले यसका विरुद्ध आवाज उठाउन जरुरी भएको बताइन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीले आवाज उठाउदै आएको बताउदै उनले सङ्घर्ष र उपलब्धिलाई आत्मसाथ गर्दै दिवस मनाइरहेको बताइन् । श्रमिक महिलाहरु दलाल पुजिपती राज्यसत्ताको विरुद्धमा एक ठाउँमा आउन जरुरी भएको बताउदै उनले समानताको लागि एकिकृत जनक्रान्तिको झन्डामुनी गोलबन्द हुन जरुरी भएको बताइन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कन्चनपुर जिल्ला इन्चार्ज बिपि सीले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाई रहदा पनि महिलाहरु पीडित हुने गरेको बताए । दलाल पुजिवादी राज्यसत्ताले महिलाहरुलाई पिडामा राखेको बताउदै उनले यसको निकास वैज्ञानिक समाजवाद भएको बताए । नेपाली विशेषताको समाजवादका लागि सबैले एकजुट हुन जरुरी भएको उनले बताए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सीले संख्यामा थाेरै भएपनि उत्सवमा सहभागी भएकाले खुसी भएको बताइन् । महिलामाथी हुने शोषण दमनका विरुद्ध निरन्तर आवाज उठाइ रहेको बताउदै उनले महिलाहरुले मुक्तिका लागि बलिदान गरेका भएपनि अझै महिलाहरुले हिंसा भोगिरहेको बताइन् । पितृसत्तासङ्गै दलाल पुजिवादी सत्तासङ्ग लडनुपर्ने बध्यता रहेको उनले बताइन् । महिलाहरुले त्याग तपस्या बलिदान गरेर पनि अधिकार नपाएको बताउदै उनले महिलाहरुलाई अधिकार सम्पन्न बनाउन नेपाल कम्युनिष्ट पार्टी लडिरहेको बताइन् । सबै महिलाहरु एक ठाउँमा आएर मात्र मुक्ति सम्भव भएको बताइन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्जको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीहरुलाई कैलाली जिल्ला अध्यक्ष सर्मीला सीले स्वागत गरेकी थिइन् भने प्रदेश संयोजक सुनिता सीले सञ्चालन गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।