
कास्की । वैशाख १८ गते (May 1st) अन्तरराष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशले आयोजना गरेको विशाल जनसभाको तयारी नेकपा गण्डकीले तीब्र पारेको छ ।
जनसभाको तयारी स्वरुप जिल्ला जिल्लामा भेटघाट, जनसभा केन्द्रीत बैठक र अन्य व्यवस्थापकिय तयारीहरु अगाडि बढेको नेकपाका स्थायी समिति सदस्य एव गण्डकी प्रदेश इन्चार्ज शिलु सीले जानकारी दिइन् । ‘प्रतिगामीहरुले आफ्ना छद्म गतिविधिहरु अगाडि बढाइरहेको विशिष्ठ परिस्थितिमा यो जनसभा विशेष महत्वको छ’ नेता शिलुले भनिन्, जनसभा महासचिव विप्लवसहितका विभिन्न नेताले सम्बोधन गर्नुहुनेछ ।
तयारीकै शिलशिलामा शुक्रबार म्याग्दीको जिल्ला कमिटिको बिस्तारित बैठकमा पुगेर नेता शिलुले जनसभालाई बृहत बनाउन विभिन्न तह र तप्काका नेताले महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्दै जतिसक्दो जनता उपस्थित गराउन निर्देशन दिइन् । यस्तै बाग्लुङमा पार्टी इन्चार्ज एव उपलब्ध जिल्ला सदस्यहरुलाई भेटघाट गरि जनसभाको तयारीबारे छलफल गरेकी छन् । राजावादीहरुले आफ्ना गतिविधि बढाएर गणतन्त्र र प्राप्त उपलब्धीमाथी धावा बोलेको अवस्थामा बाग्लुङका जनताको महत्वपूर्ण उपस्थित हुने अपेक्षा गरिएको उनले बताइन् । यस्तै भेटघाटकै शिलशिलामा पर्वत जिल्लाका सेक्रेटरी एवम् नेताहरुसङ्ग भेटघाट गरी वस्तुगत अवस्थाबारे जानकारी लिएकी थिइन् । पर्वतका विभिन्न पालिकाहरुबाट जनशक्ति उपस्थित गराउने तयारी पन्चेबाजासहितको झाँकी लैजाने तयारी गरेको सेक्रेटरी कृष्ण सीले बताए ।
यस्तै प्रदेशका अन्य जिल्लाहरुमा पनि भेटघाट र छलफल तीब्र पारिएको छ । कास्की जिल्लाका इन्चार्ज र सेक्रेटरीसङ्ग भेटघाट गरि जनसभामा उपस्थिति र व्यवस्थापनबारे छलफल भएको इन्चार्ज शिलुले बताइन् । यस्तै गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, लगायतका जिल्लामा पनि जनसभालाई सम्पन्न गर्न बैठक, भेटघाट लगायत गतिविधिहरु तीब्र पारिएको छ ।
नेकपा गण्डकी प्रदेशले बैशाख १८ गते प्रदेशस्तरीय विशाल जनसभा आयोजना गर्दैछ । पोखराको चिप्लेढुङ्गामा आयोजना हुने सभामा पार्टी महासचिव विप्लव सी लगायतले सम्बोधन गर्दैछन्