३ आश्विन २०८१, बिहीबार

नेकपा लुम्बिनीको ५ दिने एकीकृत स्कुलिङ सुरु

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश राप्ती क्षेत्र स्तरीय माध्यामिक तह स्कुलिङ कार्यक्रमको उद्घाटन भएको छ । उक्त स्कुलिङलाई ‘एकीकृत स्कुलिङ’ भनिएको छ । 

एकीकृत जनक्रान्तिको स्कुलिङ दाङको दंगीशरण गाउँपालिकास्थित चखौराको थारु संग्रालयमा नेकपाका स्थायी समिति सदस्य भरत सीद्वारा दिप प्रज्वलन गर्दै उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरु रोल्पा, प्युठान र दाङका नेता तथा कार्यकर्ताहरुको लागि ५ दिने माध्यमिक तह स्कुलिङ कार्यक्रमको उद्घाटन भएको छ ।   माध्यमिक तहको स्कुलिङमा गाउँपालिकाबाट छनौट गरि ३ जनासम्मका कार्यकर्ताहरु उपस्थिति रहेको छ ।   स्कुलिङमा जिल्ला सदस्यसम्मका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् ।  यसरी सबै ५० जनाको संख्यामा प्रशिक्षार्थीहरुलाई उपस्थित बनाइएको छ  ।

स्कुलिङमा ४ वटा विषय अध्ययन हुनेछन् । जस अन्तर्गत समाज विज्ञानतर्फ असल सी, वैज्ञानिक समाजवादबारे तिर्थ सी, भौतिक विज्ञानतर्फ प्रयास सी र राजनीतिक अर्थशास्त्रबारे भेषराज भुषालले स्कुलिङमा अध्ययन गराउने छन् ।     

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरत सीले पार्टी एकताबारे नेकपाको धारणा व्यक्त गरेका छन् । भरत सीले नेता र पार्टीको विचलनलाई सुनिश्चितता र वैधानिकता दिनका लागि एकता नभई समाजवादका लागि एकता हुने बताएका छन् । उनले एक अर्को प्रसंगमा भने, ‘१९औं र २०औँ सताब्दीको चुनाव सम्बन्धिको बुझाइले नभएर चुनावलाई संघर्षको मोर्चाको रुपमा बुझ्नु पर्नेमा जोड दिए  ।

स्कुलिङको उद्घाटनलाई नेकपा पोलिट ब्युरो सदस्य सविन सीले संचालन गरेका थिए भने उक्त समारोहको अध्यक्षता नेकपा पोलिट ब्यूरो सदस्य आदर्श सीले गरेका थिए ।

त्यसैगरी स्वागत मन्तव्य नेकपा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज असिना सीले दिएकी थिइन्  । शुभकामना मन्तव्य नेकपा केन्द्रीय सदस्य सुशिल सीले दिएका थिए   ।

स्कुलिङका प्रमुख प्रशिक्षक भेषराज भुषालले  ५ दिने स्कुलिङको समय तालिका र आचारसंहिताबारे प्रस्ट्याएका  थिए ।   स्कुलिङ २ बजेदेखि सुरु हुने भएको छ  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।