३१ भाद्र २०८१, सोमबार

कर्णालीमा समाजवादी सम्पर्क मञ्चको गठन, अध्यक्षमा ऐडी

0

सुर्खेत । कर्णाली प्रदेशमा समाजवादी सम्पर्क मञ्चको गठन भएको छ । ‘रुपान्तरित माओवादी कम्युनिष्ट एकता, आजको आवश्यत्ता, समाजवादी कर्णाली निर्माण अभियान, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भेलाले कर्णाली समाजवादी सम्पर्क मञ्चको गठन गरेको हो ।
मञ्चको अध्यक्षमा कालिकोटका मनिलाल ऐडी निर्वाचित भएका छन् । भेलाले ऐडीको अध्यक्षतामा ३७ सदस्यीय कर्णाली समाजवादी सम्पर्क मञ्चको गठन गरेको छ ।
भेलााले समाजवादी सम्पर्क मञ्चका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष समाज रोकाया मुगु, सचिव जित सुर्खेत, सहसचिव बिराजन शाही जाजरकोट, कोषाध्यक्ष योजना कालिकोट लगायत रहेका छन् ।
भेलालाई नेकपाका स्थायी समिति सदस्य तथा प्रमुख अतिथि सुशिल सीले सम्बाेधन गर्दै समाजवादको आजको आवश्यकता परिपूर्ति गर्न समाजवादी सम्पर्क मञ्च बनेको बताए ।
उनले समाजवाद विना नेपालको अग्रगामी राजनीतिक निकास नभएको ठोकुवा गरे । उनले भने ‘समाजवाद मात्र अग्रगामी निकास हो, समाजवादको विकल्प छैन, समाजवाद प्राप्त गर्न विभिन्न क्षेत्रमा संगठित हुन जरुरी छ ।’
उनले नेपालमा दलाल संसदीय व्यवस्था असफल सिद्ध भएकाले अबको निकास समाजवाद मात्र हुने ठोकुवा गरे ।
भेलामा नेकपाका पोलिट व्यूरो सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज एटमले समाजवादी व्यवस्था प्राप्तिको आन्दोलनमा माओवादी तथा कम्युनिष्टहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले माओवादी तथा कम्युनिष्ट वामपन्थी शक्ति, राष्ट्रवादी शक्ति एक भएमा समाजवाद टाढा नहुने जिकिर गरे ।
भेलामा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सी, केन्द्रीय सदस्यहरु , धुव्र सी, बलवान सी लगायतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।