३१ भाद्र २०८१, सोमबार

देश र जनतामा भएको संकट सबैभन्दा ठूलो आतंक हो : प्रकाण्ड सी

0

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य प्रकाण्ड सीले देश र जनतामा भएको संकट सबैभन्दा ठूलो आतंक भएको बताएका छन् । उनले आज चितवन जिल्ला समितिको दोस्रो पूर्ण बैठकलाई प्रशिक्षित गर्दै यस्तो बताएका हुन् ।

पुँजीवादीहरू कम्युनिष्टहरूलाई उनीहरूको लुटको, शोषणको र अत्याचारको विरुद्ध बोल्दा आतंककारी भन्ने दृष्टान्त अगाडि सार्दै साम्राज्यवादले सबै प्राकृतिक स्रोत र साधनको कब्जा गर्दै जनतालाई दमन र शोषण गरेर सबैभन्दा ठूलो आतंक सिर्जना गरिरहेको बताए ।

उनले बृहत कम्युनिष्ट ध्रुवीकरणबारे बोल्दै नेपाली विशेषताको समाजवादको लागि सबै कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्ने बताए । केही कम्युनिस्ट पार्टी र नेताहरूमा आग्रह पूर्वाग्रह रहेको भन्दै उनले नेपाली  राजनीतिमा वैचारिक दरिद्रता समस्या बनेर आएको उल्लेख गरे ।

वर्तमान राष्ट्रिय संकटको क्रान्तिकारी निकासको लागि पार्टीले ऎतिहासिक पहल गर्नुपर्ने र तीब्रतामा पार्टी कार्यलाई अगाडि बढाउनु पर्ने बताउदै  उनले पार्टीलाई सुदृढ र जनसम्बन्धलाई सुमधुर बनाउन बैठकका सहभागीलाई निर्देशन समेत दिए ।

पार्टीको विस्तार सकारात्मक रहेको भन्दै नेताहरु ज्ञान, सङ्गठन, संघर्ष र जनसेवा लगायत सबै क्षेत्रमा पहलकर्ताको भूमिका गर्नुपर्ने बताउँदै पार्टीको स्थायी समिति बैठकको भाव सम्प्रेषणसहित चितवनमा  पार्टीले महत्त्वपूर्ण भूमिका पूरा गर्ने विश्वास व्यक्त गरे ।

जिल्ला सेक्रेटरी रुद्रसीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि पार्टी प्रवक्ता प्रकाण्ड सी, अतिथि केन्द्रिय सदस्य उत्सव सी, अखिल (समाजवादी) का केन्द्रिय सचिव  अटल सी, प्रदेश सदस्यहरु र जिल्ला सल्लाहकारहरुको  सहभागिता रहेको थियो ।

बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको सेक्रेटरी रुद्र सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।