३१ भाद्र २०८१, सोमबार

युवा संगठन नेपाल, सिन्धुपाल्चोककाे दाेस्राे पूर्ण बैठक सम्पन्न

0

युवा संगठन नेपाल, सिन्धुपाल्चोक जिल्लाकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएकाे छ । चाैतारा न.पा -८ सुकुटे बसेकाे दाेस्राे पूर्ण बैठकले यहि मंसिर ८ गते पार्टी पुन: गठन दिवसकाे दिनमा जिल्ला भेला/सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सीले नेपाली विशेषताकाे समाजवाद प्राप्त गर्नका लागि अहिले नयाँ युवा पुस्तालाई एकीकृत जनक्रान्तिमा गाेलबन्ध गर्नु पर्ने बताए । अहिलेकाे अवस्थामा क्रान्ति पूरा गर्नलाई अनिवार्य रुपमा नयाँ पुस्तालाई युवा संगठन नेपाल संगठित गर्नुपर्ने बताए । क्रान्तिकाे निर्णायक शक्ति युवा भएकाेले जिल्लामा अनिवार्य रुपमा संगठन व्यवस्थित, सशक्त र जुझारु युवा संगठन आवश्यक रहेको दाबी गरे । त्यसका निम्ति गाउँगाउँमा सेल कमिटी, वडा, गाउँ कमिटी र नगर कमिटीहरु अनिवार्य रुपमा बनाउन आवश्यक रहेकाे बताए ।
बैठकमा जिल्ला सेक्रेटरी साेनाम सी, जिल्ला कमिटी सदस्य सविन र युवा संगठन नेपाल केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कुमार सीले पनि प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
बैठकले जिल्लामा भएका विभिन्न विकृति, विसंगति,भ्रष्टाचार, तस्करी, कालाेबजारी, अनिमियताविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेकाे छ । बैठककाे अध्यक्षता युवा संगठन नेपाल सिन्धुपाल्चोकका संयाेजक जितेन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।