
नेकपा सिन्धुपाल्चोकले पन्चायती व्यवस्था र राजतन्त्रको विरुद्धको चैत्र २४ गतेको ऐतिहासिक जनआन्दोलन दिवस मनाएको छ । नेकपाले जिल्लाको बलेफीको बिम्जेलमा जनआन्दोलन दिवसको कार्यक्रम सम्पन्न गरेको नेकपा केन्दीय प्रतिनिधि सदस्य सुमन सीले बताए । बलेफीको बिम्जेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज युगिन सीले चैत २४ को चर्चा गर्दै नयाँ क्रान्तिको थालनी गर्ने दिनको रुपमा लिनुपर्ने बताए । अहिले यो दिवसलाई नेपाली विशेषताको समाजवादी व्यवस्थाका लागि लिन आवश्यक रहेको बताए । उनले अहिलेको आर्थिक, राजनीतिक, सांस्कृतिक लगायत तमामखाले समस्याको समाधान नेपाली विशेषताको समाजवादले मात्र गर्ने दाबी गरे । केन्दीय प्रतिनिधि सदस्य सुमन सी, जिल्ला सदस्यहरु दिपक सी, हिरा सीले पनि मन्तव्य राखेका थिए ।कार्यक्रममा जिल्ला सदस्य तथा सुनकोशी गाउँकमिटी इन्चार्ज अमृत सीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय प्रतिनिधि सदस्य सविन सीले गरेका थिए ।