२ बैशाख २०८२, मंगलवार

जनआन्दोलन दिवसकाे अवसरमा पर्सामा प्रतिगमनविरुद्ध प्रदर्शन

0

चैत्र २४ गते जनआन्दोलन दिवसकाे अवसरमा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति पर्साले प्रतिगमनविरुद्ध जनप्रदर्शन गरेको छ ।
विरगंज महानगरपालिका वडा नं. १३ अदालत चाेकदेखि वडा नं. १५ को प्रतिमा चाेकसम्म प्रदर्शनसहित विरोध सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा सम्बाेधन गर्दै पार्टी पिबिएम तथा पर्सा इन्चार्ज त्रिलोक सीले पश्चगामी र यथास्थिति होइन नेपाली विशेषताको समाजवादको व्यवस्था हुनुपर्ने बताए । मिटरव्याज, लघुवित्त, मानव तस्कर, मुद्रा तस्करबाट पीडित जनताले उन्मुक्ति पाउन नेपाल कम्यूनिष्ट पार्टीले संघर्षकाे आह्वान गरेको भन्दै उनलेे यसमा एकताबद्ध हुन अपिल गरे ।
दलाल संसदीय पूँजीवादी व्यवस्थामा भ्रष्टाचार, कमिसन खोर, नोकर शाही निम्न पूँजीवादी चिन्तन र जनताको ढाँड सेक्ने गरि दोहोरो कर प्रणाली, बेरोजगारी समस्या पनि दिनप्रतिदिन बढ्दै गएको कारण पश्चगामी तत्वहरु आज गणतन्त्रका विरुद्ध षडयन्त्र गर्न पाइरहेकोसमेत उनले बताए । दलाल संसदीय पुँजीवादी व्यवस्थालाई अन्त्य गरी नेकपाले नेपाली विशेषताको समाजवाद कायम गर्न चाहेको बताए ।

कार्यक्रमकाे अध्यक्षता पार्टी जिल्ला सेक्रेटरी विगा सीले गरेका थिए । कार्यक्रमकाे सञ्चालन पार्टीका केन्द्रीय सदस्य जनक सीले गरेका थिए भने स्वागत मन्तव्य युवा संगठनका इन्चार्ज दिपेन्द्र सीले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।