१ बैशाख २०८२, सोमबार

नेकपा गण्डकी प्रदेशको बैठक सम्पन्न, वैशाख १८ गते पोखराकाे जनसभालाई विप्लवले सम्बोधन गर्ने

0

पोखरा । नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेशको चौथो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । बैठक नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज शिलु सीको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा संगठन सुदृढीकरण, उत्पादन संघर्ष र पार्टी गतिविधिबारे विस्तृत छलफल गरिएको थियो ।
बैठकमा नेताहरूले देशमा समाजवादी र प्रतिक्रियावादी शक्तिबीच स्पष्ट कित्ता छुट्टिने अवस्था आएको उल्लेख गर्दै समाजवादबारे गम्भीर र सशक्त बहस अघि बढिरहेको बताए । समाजवादी मोर्चाको कार्यक्रमहरू जनस्तरमा प्रभावकारी रूपमा प्रस्तुत भइरहेको समेत बताएका छन् ।
बैठकले यही वैशाख १८ गते पोखरामै भव्य जनसभा आयोजना गर्ने निर्णय गरेको छ । जनसभालाई नेकपा महासचिव विप्लव सी लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी गरिएको छ । सो जनसभामार्फत जनसमुदायसँग प्रत्यक्ष सम्वाद गर्ने र पार्टीका भावी रणनीति सार्वजनिक गर्ने तयारी भएको जनाइएको छ । जनसभामा प्रदेशभरिबाट पार्टी सदस्य एवम् कार्यकर्ताहरुको उपस्थिति रहने जनाइएको छ ।
बैठकले जनसभा लगत्तै उत्पादनको समय आएकोले उत्पादनमा थप योजना बनाएर उत्पादनमा केन्द्रीत हुनेसमेत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।