३१ भाद्र २०८१, सोमबार

नेकपा गण्डकी प्रदेशले गर्यो उत्कृष्ट काम गर्नेहरुलाई सम्मान

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश समितिले प्रदेशको योजना कार्यान्वयन गर्नेदेखि कार्यालय व्यवस्थापन गर्न सहयोग गर्नेहरुलाई सम्मान गरेको छ । प्रदेशको बैठकमा विभिन्न जिल्लामा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गरेको हो ।
गण्डकी प्रदेशको प्रथम बैठकको सम्पुर्ण योजनाहरु कार्यान्वयन गरेको, पार्टी पद्दती र अनुशासनमा रही सहि समयमा पार्टी नीतिबमोजिम कार्यक्रमहरु गर्दै परिणाम निकाल्न सफल भएको भन्दै प्रदेशभरीमा उत्कृष्ट कार्यसम्पादन गरेकोमा नवलपूर जिल्ला कमिटीका इन्चार्ज पदम सी र सेक्रेटरी सुमन सीलाई सम्मान गरेको छ ।
यस्तै कास्की जिल्ला पार्टीले प्रदेश कार्यालयको उत्पादन कार्यमा आवश्यक जनशक्ति व्यवस्थापन र नेतृत्व स्वयम् सहभागी भएको भन्दै जिल्ला इन्चार्ज आस्था सी र सेक्रेटरी उमेश सीलाई सम्मान गरेको हो ।
आवधिक योजनालाई सम्पूर्ण रुपले कार्यान्वय गर्ने, कार्यालयको उत्पादनदेखि व्यवस्थापनसम्म खटिने कमरेडहरुलाई थप कार्यसम्पादनमा उर्जा मिलोस् भन्दै सम्मान गरिएको पार्टी प्रदेश इन्चार्ज उमा सीले बताइन् ।
कार्यालयमा रहेर प्रदेशको निर्णय कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रदेश कार्यालय सचिव विकिरण सीलाई सम्मान गरेको छ । बैठकमा उत्पादन विभागमा रही प्रदेश कार्यालयको उत्पादनमा योजनादेखि कार्यान्वयनसम्म निर्णायक भूमिका निर्वाह गरेकोमा पार्टी केन्द्रीय सदस्य उषा सीलाई सम्मान गरेको हो ।
यस्तै प्रदेश कार्यालयमा आर्थिक व्यवस्थापन साथै उत्पादन र कार्यालय व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै समग्र प्रदेशलाई विशेष सहयोग गरेको भन्दै गोरखा जिल्ला सेक्रेटरी काजी सी र मनाङ सेक्रेटरी विजय सीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यालय व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अखिल (समाजवादी) का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज प्रकाश सी, गण्डकी प्रदेशको सह इन्चार्ज डिबी सी र सचिवालय सदस्य पुरन सीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यालयमा रही कार्यालयको सम्पूर्ण योजना (व्यवस्थापन र उत्पादन) मा निरन्तर खटिई महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको इन्चार्ज विवेक सी, युवा सङ्गठनका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज सन्दिप सी, जनसेवकका सदस्य पार्वती सीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।