३१ भाद्र २०८१, सोमबार

उत्पादनसहितको राजनीतिले पार्टीको उचाई बढेको छ : उमा सी

गण्डकी प्रदेशको दोस्रो पुर्ण बैठक सम्पन्न

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको दोस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ ।
बैठकमा स्थायी समिति सदस्य एवं प्रदेश इन्चार्ज उमा सी शिलुले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएको र त्यसले पार्टीको नयाँ भूमिका मागेको भन्दै सबैले भूमिका पूरा गर्न तत्पर हुनुपर्ने बताइन् ।
उनले वामपन्थी भित्रको दक्षिणपन्थी धारले अहिलेको गठबन्धन र सरकार बनाउन भूमिका खेलेको भन्दै उनले सरकार गठनमा अमेरिका अगाडि देखिएको र अबको लडाई साम्राज्यवादसङ्ग हुने पनि बताइन् । पार्टीले यस अघि नै निकालेको निष्कर्ष विस्तारै पुष्टि भइरहेको भन्दै उनले अब देशभक्त, वामपन्थी, क्रान्तिकारी शक्तिहरुबिच ध्रुवीकरण र एकता आवश्यकता बनेको बताइन् । पार्टी एकताको सन्दर्भमा बोल्दै नेता शिलुले एउटा उद्देश्यसहित नयाँ ढङ्गबाट एकिकृत जनक्रान्तिलाई पूरा गर्नेगरी एकता गर्ने र यसबारे नेतृत्वपङ्तिले गम्भीरतापूर्वक छलफल गरेको बताइन् । यस्तै समाजवादी मोर्चालाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताउदै प्रदेश र जिल्ला समितिलाई सक्रिय भूमिका खेल्न आग्रह गरिन् ।
चुनावबारे बोल्दै उनले क्रान्तिको मोर्चाको रुपमा चुनावलाई उपयोग गर्ने र त्यसले एकिकृत जनक्रान्तिका पाँच आधारलाई पूरा गर्न भूमिका खेल्ने बताइन् ।
यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रमा नेकपा रहेको भन्दै उनले राजनीतिक विचार, उत्पादन, जनताका मुद्दा लगायतका कारण जनताको पार्टीको रुपमा स्थापित भएको छ । पार्टी सङ्गठन निर्माण गर्न अभियानात्मक ढङ्गले लाग्नुपर्ने उनको जोड रहेको थियो ।
उत्पादनले पार्टीको उचाई बढेको भन्दै नेता शिलुले गण्डकी प्रदेश कार्यालयले आफ्नो छोटो समयमा उत्पादनप्रति गरेको उपलब्धी राम्रो रहेको भन्दै प्रदेश कार्यालय सन्चालन र उत्पादनमा सहयोग गरेका सबै कमरेडहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रदेशमा धेरैजस्तो जिल्लाहरु आफ्नो अनुकुलतामा उत्पादनमा लाग्नुभएकोमा जिल्ला नेतृत्वहरुलाई धन्यवाद समेत दिएकी थिइन् ।
बैठकमा पोलिट ब्युरो सदस्यहरु ध्रुव सी, आजाद सी, आस्था सी, केन्द्रीय सदस्यहरु पदम सी, विकिरण सी, नविन सी, उषा सी, सुमन सी, पुर्णजीत सी, कपिल सी, सुशिला सी लगायतले प्रशिक्षण राखेका थिए । पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एव विभिन्न जिल्लाका इन्चार्ज सेक्रेटरीहरुले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ्ग राखेका थिए ।
पार्टीले उत्पादनलाई आम्दानीमुखी बनाउने, सङ्गठन निर्माणलाई महिनाव्यापी अभियान सन्चालन गर्ने, नेपाली विशेषताको समाजवादबारे पालिका र वडास्तरमा अन्तरक्रिया गर्ने, भ्रष्टाचार र लगुवित्त, मिटरब्याजीका विरुद्ध सङ्घर्ष गर्ने लगायत महत्वपूर्ण निर्णयहरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।